बिहीबार, माघ १५, २०८२

नाम नै नराखी प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

प्रदेशसभाको चालु हिउँदे अधिवेशन आइतबार मध्यरातिदेखि अन्त्य हुने भएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, चैत १३, २०७८

विराटनगर- प्रदेशसभाको चालु हिउँदे अधिवेशन आइतबार मध्यरातिदेखि अन्त्य हुने भएको छ। 

National life

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश १ संसदको चालु हिउँदे तथा ९औं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए। 

आइतबार राति १२ बजेदेखि बैठक अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय गरेको उनले जानकारी दिए।

प्रदेश सभाको चालु अधिवेशनमा प्रदेश सञ्चार माध्ययम व्यवस्थापन सम्बन्धी विधेयक पेश भएको थियो भने शुक्रबारको प्रदेशसभा बैठकबाट प्रदेश आर्थिक उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मतले पारित भएको थियो।

बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका थिए। तर, नामको टुंगो नै लगाउन नसकेर प्रदेशको हिउँदे अधिवेशन अन्त्य भएको छ। 

Laxmi sunrise bank
kumari

प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ। तर, अझैसम्म प्रदेश १ नामविहीन छ। 

पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रदेशमा बलियो छ। प्रदेशको नामको रूपमा भने किरात, लिम्बुवान, सगरमाथा, कोसी, किरात–सगरमाथा, किरात–कोसी चर्चामा छन्।

प्रकाशित: Mar 27, 2022| 12:07 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।