काठमाडौं- अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपा नगरपालिका–७ उग्रचण्डीमा शुक्रबार बिहान बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
बनेपाबाट धुलिखेल तर्फ जाँदै गरेको बा२ख ५२९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा८१प ४२१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका–२ देउरालीका २८ वर्षीय सुनिल कुमार खड्का र पछाडि सवार सोही ठाउँका २७ वर्षीय सन्तोष खड्का घाइते भएका छन्। घाइते दुवैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।