शुक्रबार, वैशाख २१, २०८१

लेटाङ घटना : आरोपित शिक्षक पौडेलविरुद्ध उजुरीका ठेली

शिक्षक पौडेलले विद्यार्थीमाथि दुर्ब्यवहार गरेको विद्यार्थीबाट अभिभावकसम्म पुगेपछि एकाएक भिड बढ्दै गएको विद्यालयका शिक्षकहरु बताउँछन्। भिड बढेपछि व्यवस्थापन समितिका अध्यक्ष मगरले इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेको प्रधानाध्यापक मिश्रले बताए।
 |  बुधबार, चैत ९, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, चैत ९, २०७८


triton college


खेरुवा- लेटाङ ५ खेरुवाका ५६ वर्षीय शिक्षक मनोज पौडेल शिक्षा विकास माविमा आएदेखि नै उनीविरुद्धका लिखित तथा मौखिक निवेदनहरु विद्यालयमा परिरहे। छात्र र छात्रा विद्यार्थीलाई पिट्दा गरिने व्यवहारदेखि लिएर उनका हरेक गतिविधिप्रति विद्यार्थी र शिक्षक पनि आजित भएको आइतबार घटनापछि सार्वजनिक भएको छ। 

विद्यालयले शिक्षक पौडेलविरुद्ध परेका उजुरीहरुको फाइल नै खडा गरेर राखेको छ। विद्यालय प्रशासनको रेकर्डमा रहने गरी ‘एमपी’ भन्‍ने रेकर्ड फाइलमा उनीविरुद्ध परेका उजुरी, विद्यालयले लिएको स्पष्टिकरणहरु राखिएका छन्। पहिलो पटक आरोपित शिक्षक पौडेलविरुद्ध २०७३ असार २३ गते कक्षा ६ का विद्यार्थीले विगतको समस्या फेरि दोहोरिएको भन्दै लिखित उजुरी गरेको पाइएको छ। 

०७३ अघि कक्षा ४ का विद्यार्थीले शिक्षक पौडेलले कक्षाकोठामा यौनहिंसा गरेको भन्दै मौखिक उजुरी दिएका थिए। ओरोपित शिक्षकविरुद्ध अभ्यास शिक्षणमा आएका विद्यार्थीले पनि केही समयअघि दुर्व्यवहार गरेको बताएका थिए। पौडेललाई विद्यालयले पटक-पटक सचेत गराउने र लिखित स्पष्टिकरण सोध्‍ने कामबाहेक अरु गरेको देखिँदैन। शिक्षा विकास मावि आउनुअघि शिक्षक पौडेलले महेन्द्र मावि वारंगीमा छात्रा विद्यार्थीलाई दुर्व्यवहार गर्ने गरेको सुनिएको विद्यालयका एक शिक्षकले बताए। 

corrent noodles
Metro Mart

पछिल्लो पटक ०७८ चैत ६ गते कक्षा ७ मा अध्ययनरत विद्यार्थीले होलीका दिन शिक्षक पौडेलले यौन दुर्व्यवहार गर्न खोजेको भन्दै विद्यालय प्रशासनमा निवेदन दिएपछि विद्यालयले उनीविरुद्ध कडा एक्सनमा जाने तयारी गरेको थियो। शिक्षा विकास माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले घटनाबारे जानकारी भए लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लेटाङ नगरपालिकाका वडा नम्बर ५ का अध्यक्ष भुमसूर्य मगरलाई जानकारी गराएको बताए। 

उनले भने, ‘व्यवस्थापन समितिका अध्यक्ष केहीबेरपछि नगर उपप्रमुख कृष्णकुमारी निरौलासहित विद्यालय आइपुग्‍नुभयो। उपप्रमुख काम विशेषले बाहिर निस्किनुभयो। यति बेलासम्म विद्यालयमा पहिलो पिरियड सकिएको थियो। विद्यार्थीले विस्तारै घटनाबारे थाहा पाउँदै गए। दोश्रो पिरियडदेखि पढाइ नै भएन। पढाइ नभएपछि विद्यार्थीहरु कार्यालय कोठाको झ्यालमा आउने, घटनाबारे सुन्‍न थाले। हल्ला बढ्दै गयो।’ प्राध्यानाध्यापक मिश्रका अनुसार  यस पटक शिक्षक पौडेललाई बर्खास्तको निर्णय गर्ने तयारी गरेका थियौं। 

शिक्षक पौडेलले विद्यार्थीमाथि दुर्ब्यवहार गरेको विद्यार्थीबाट अभिभावकसम्म पुगेपछि एकाएक भिड बढ्दै गएको विद्यालयका शिक्षकहरु बताउँछन्। भिड बढेपछि व्यवस्थापन समितिका अध्यक्ष मगरले इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेको प्रधानाध्यापक मिश्रले बताए। प्रहरी कार्यालयबाट दुई जना प्रहरी विद्यालय आए पनि आरोपितलाई लैजाने अवस्था नभएपछि प्रहरीबाट थप फोर्सको माग गरिएको थियो। 

शिक्षकविरुद्ध परेका उजुरीको फाइल। 
लेटाङ प्रहरीबाट गएको टोलीले आरोपित शिक्षकलाई एम्बुलेन्समा हालेर लैजान खोज्दा आक्रोशित भिडले एम्बुलेन्स नै तोडफोड गरेपछि प्रहरी हच्किएको थियो। लेटाङ प्रहरीले नजिकका उर्लाबारी प्रहरी र पथरी प्रहरीबाट थप बल माग्यो। उर्लाबारी र पथरीबाट प्रहरी आइपुग्दा आक्रोशित भिड निकै बढिसकेको थियो। थप बलबाट पनि आरोपितलाई विद्यालयबाट निकाल्न सक्ने अवस्था नभएको एक प्रहरी अधिकृतले बताए। उनका अनुसार लगत्तै प्रदेश शसस्त्र प्रहरी गण रानी विराटनगरबाट थप बल मगाइयो। विराटनगरको टोली विद्यालय परिसरमा पुग्दासम्म आगजनी, तोडफोड, ढुंगा, शिशाका बोतल प्रहार हुन थालिसकेको स्थानीयवासीको भनाइ छ। प्रहरी, विद्यार्थीहरु घाइते भइसकेका थिए। गणको टोलीले आरोपित शिक्षक पौडेललाई गाडीमा हालेर लगेपछि भिड पछि-पछि लागेको स्थानीय कृष्ण लम्सालले बताए।  

आरोपित शिक्षकलाई प्रहरीको टोलीले लगेपछि प्रहरीहरु पैदल नै विद्यालयबाट करिब दुई किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालयतर्फ लागेका थिए। उनीहरुको पछिपछि भिड लाग्यो। विद्यालयबाट करिव एक किलोमिटर टाढा बस्तीको बीचमा पैदलमा रहेकी महिला प्रहरी उर्मिला श्रेष्ठमाथि आक्रमण भएको प्रहरीले बताएको छ। गम्भीर अवस्थाकी उनको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। महिला प्रहरीलाई आक्रमण गरेपछि हवाई फायर र अश्रु ग्यास प्रहार गरी घटनालाई तितर वितर पारिएको प्रहरीले जनाएको छ। 

आक्रोशित भिडले लगातार गरेको आक्रमणले ज्यान जोगाउन नै मुस्किल परेको एक प्रहरीले बताए। टाउको र अनुहारमा गम्भीर चोट लागेका तीन प्रहरीले भने,‘ज्यान जोगाउन नसक्ने अवस्थामा पुगिसकेका थियौं।’ बस्तीको बीचमा पनि शिशाका बोतल, ढुंगाले निरन्तर आक्रमण भइरहेको उनले बताए। 

घटनाबारे प्रहरीले पूर्वमूल्यांकन नै गर्न सकेन : स्थानीय

प्रहरीले घटनाबारे पूर्व मूल्यांकन गर्न नसकेको स्थानीयबासीको आरोप छ। क्षणभरमै उग्ररुप लिएको आन्दोलनलाई प्रहरीले गम्भीरतापूर्वक नलिएको उनीहरुको भनाई छ। प्रहरीले समयमै आरोपित शिक्षकलाई विद्यालयबाट लग्‍न सकेको भएको घटनाले उग्ररुप लिन नसक्ने उनीहरुको विश्लेषण छ। आन्दोलनमा सहभागी भएका विद्यार्थी, अभिभावकहरुले दिउँसैदेखि आरोपित शिक्षकलाई मोसो दल्ने, जुत्ताको माला लगाउने ज्यानै लिनेसम्मका नारा लगाउँदासम्म पनि घटनाले गम्भीर मोड लेला भनेर विश्लेषण गर्न नसक्नु दु:खद भएको स्थानीयबासी बताउँछन्। 

प्राधानाध्याक लक्ष्मीप्रसाद मिश्र। 

विद्यालय सञ्‍चालन छटो होस् : विद्यार्थी

आइतबारको घटनापछि विद्यालय सञ्चालन कहिले हुने भन्‍न‍े निश्चित छैन। विद्यार्थी र शिक्षकमा त्रासको वातावरण कायमै रहेकाले विद्यालय सञ्चालनबारे अहिले सोच्‍न पनि नसकिएको प्रधानाध्यापक मिश्रले बताए। आक्रोशित भिडले टाउकोमा हेलमेटले प्रहार गरेका कारण उनी पनि गम्भिर घाइते भएका छन्। एसईई  परीक्षा नजिकै आइरहेकाले विद्यार्थीलाई पनि तनाब भएको उनले बताए। 

आइतबारदेखि सुरु गरिएको टेष्ट परीक्षा पनि रोकिएको उनले बताए। विद्यार्थीले चाँडो भन्दा चाँडो विद्यालय सञ्‍चालन गरी पठन-पाठनको व्यवस्था हुनुपर्ने बताएका छन्। कक्षा १० मा अध्ययनरत विद्यार्थी सुश्मिता राईले छिटो विद्यालय खुलोस् भन्‍ने आफूहरुको चाहना रहेको बताइन्। विद्यालयमा तोडफोड हुन थालेपछि कक्षा कोठामै व्याग छाडेर आफूहरु भागेको उनले बताइन्। राईले भनिन्,‘किताबसहितको व्याग कक्षा कोठामै छ।’ कोर्ष पूरा नभएकाले कक्षा छिटो लगाउन पहल आवश्यक रहेको विद्यार्थी रुविना सुवेदीले बताइन्। उनले भनिन्, ‘कक्षा चाँडोभन्दा चाँडो होस्, नभए हाम्रो परीक्षामा असर पुग्‍नेछ।’ 

आइतबारको घटनापछि शिक्षक र विद्यार्थीमा त्रास देखिएकाले विद्यालय सञ्‍चालनबारे स्थानीय अभिभावक, स्थानीय सरकारले छिटो पहल गर्नु आवश्यक देखिएको इन्सेक विराटनगरले जनाएको छ। घटनाको स्थलगत अध्ययन गर्दै इन्सेक प्रलेख अधिकृत पुन्य अधिकारीले परीक्षाहरु नजिक आइरहेकाले पठन पाठनको वातावरण तत्काल बनाउनु पर्ने बताए। 


 

प्रकाशित: Mar 23, 2022| 20:53 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।