शुक्रबार, वैशाख २१, २०८१

शिक्षकको दुर्व्यवहार घटना : लेटाङमा बिहान ७ बजेदेखि कर्फ्यु

यौन दुर्व्यवहारका आरोपित पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडको आक्रमणबाट एक महिला प्रहरीको मृत्यु भएपछि तनावग्रस्त बनेको लेटाङमा सोमबार बिहान ७ बजेदेखि कर्फ्यु लगाइने भएको छ।
 |  सोमबार, चैत ७, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, चैत ७, २०७८

विराटनगर- यौन दुर्व्यवहारका आरोपित पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडको आक्रमणबाट एक महिला प्रहरीको मृत्यु भएपछि तनावग्रस्त बनेको लेटाङमा सोमबार बिहान ७ बजेदेखि कर्फ्यु लगाइने भएको छ।

triton college

सोमबार बिहान ७ बजेदेखि अर्को निर्णय नहुन्जलेसम्मका लागि कर्फ्यु लगाउने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। उनका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गंगेचौक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र र उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइने प्रशासनले जनाएको छ।

आइतबार साँझ लेटाङ-५ खेरुवामा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। 

आइतबार बिहान लेटाङ नगरपालिका-५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो। 

घटनाबारे विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसिरहेको समयमा आक्रोशित भीडले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास भएपछि स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीसँग झडप भएको थियो। 

corrent noodles
Metro Mart

 आक्रोशित भीडले सवारी साधनमा आगजनी र तोडफोड गर्नथालेपछि प्रहरीले हवाइफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको थियो। घटनामा दुई विद्यार्थीसहित १६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ।


प्रकाशित: Mar 21, 2022| 06:55 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।