आइतबार, जेठ १७, २०८३

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मधेश प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा (माध्यमिकी) परिक्रमा सम्पन्न भएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

रासस

रासस

शुक्रबार, चैत ४, २०७८

महोत्तरी- मधेश प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा (माध्यमिकी) परिक्रमा सम्पन्न भएको छ। महोत्तरी, धनुषा र मित्रराष्ट्र भारतको मधुवनी जिल्लाका विभिन्न तीर्थस्थल घुम्दै १३३ किलोमिटरको वृत्ताकारमा गरिने १५ दिने मध्यमा परिक्रमा आज बिहान पावन नगरी जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै सम्पन्न भएको हो।

National life

कूल १५ दिनको यस यात्रामा महोत्तरीमा पाँच, धनुषामा छ र भारतको मधुवनी जिल्लामा चार रात्रि बासको परम्परा छ। जनकपुरधामको रङ्गभूमि मैदानमा १५औं दिनको रात्रीबास गरेर १६औं दिन बिहान जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने परम्परा छ। जनकपुरधामको अन्तर्गृह भनिने परिक्रमालाई ‘पञ्चकोशी’ पनि भनिन्छ। 

फागुन औंसीका दिन धनुषाको ठेराकचुरीस्थित मिथिला विहारी मठबाट अवधविहारी ९श्रीराम० को प्रतिमा राखिएको डोला बोकिएसँगै यो यात्रा प्रारम्भ हुन्छ। श्रीरामको डोला जनकपुर पुगेपछि अग्निकुण्ड स्थानबाट निस्कने श्री किशोरीजीको डोला मिसिएपछि यात्रा औपचारिकरुपमा प्रारम्भ हुने परम्परा छ।

रामसीताका प्रतिमा राखिएका डोलासँगै गरिने यो यात्रा मोक्षदायक, कल्याणदायक र आरोग्यदायक हुने हिन्दू मैथिल जनविश्वास छ। त्रेता युगमा श्रीराम र श्री सीताजीको विवाहपश्चात् यो जोडिले विहारकै क्रममा मिथिलाका विभिन्न क्षेत्रको भ्रमण गरेको सम्झनामा मिथिला माध्यमिकी परिक्रमा परम्परा सुरु भएको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्रदास वैष्णव बताउँछन्।

'यो मर्यादा पुरुष्वत्तम श्रीराम र मिथिला नन्दिनी श्री जानकीजीको पदचिन्ह पछ्याउने यात्रा नै हो', सन्त वैष्णव भन्छन्, 'यो यात्राको अभिष्ठ आरोग्यता, कल्याण र मोक्षको कामना नै हो।' हजारौं हजार साधुसन्त, गृहस्थ जीवनका नरनारी १५ दिनभरि सांसारिक सबै कुरा बिर्सेर यो यात्रामा सहभागी हुँदै आएका परम्परा छ। मध्यमा यात्रा १८औं सताब्दीमा प्रारम्भ भएको मानिन्छ।

Shivam cement

मिथिलामा बृहत् मिथिला परिक्रमा, मध्यमा मिथिला परिक्रमा र अन्तर्गृह (पञ्चकोशी) परिक्रमाको वर्णन मिथिला माहात्म्यमा गरिएको छ। हरिहरक्षेत्र, कोशी नदीसहित प्राचीन मिथिलाका सबै भेग पर्ने गरी हुने बृहत् मिथिला परिक्रमा अब हराइसकेको छ। अहिले बर्सेनि फागुन औंसीदेखि पूर्णिमासम्मको मध्यमा परिक्रमा हुँदैछ। यो परिक्रमा पनि अन्तर्गृह गरिएपछि पूरा भएको मानिन्छ। यद्यपि मध्यमा परिक्रमा गर्न नपाएका वा नभ्याएकाले यो पञ्चकोशी परिक्रमाबाटै मोक्षको कामना गर्छन्।

फागुन शुक्लपक्षभरिको यो यात्रा रामसीताका पदचाप पछ्याउने भनिए पनि यससँगै अन्य परम्परासमेत जोडिएको पाइन्छ। यात्राको १५औं दिनको राति ‘होलिकादहन’ र १६औं दिन बिहान अन्तर्गृह परिक्रमा टुङ्ग्याइँदै गरिदा ‘धुरा’ उडाउने परम्परा रामजानकी यात्राभन्दा फरक प्रसङ्ग भएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरी पौडेल बताउँछन्।

‘होलिकादहन’ र ‘धुरा’ उडाउने सत्ययुगकालीन घटना स्मरण गरिएको विश्वास गरिन्छ। दानवराज हिरण्यकशिपुले विष्णुभक्त छोरालाई मार्न आगोले नपोल्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा छोरा प्रह्लादलाई अग्निकुण्डमा राखिँदा होलीका आगोले भष्म भएकी पुराणमा वर्णन छ। विष्णुभक्त प्रह्लादलाई भने आगोले नछोएको कथामा उल्लेख छ। 

परिक्रमाको अन्तिम राति सोही घटनाको सम्झनामा दानवीय प्रकृतिकी होलीकाको अन्त्य भएको सम्झनामा उनको आकृतिलाई आगो लगाउने हिन्दू मैथिल परम्परा छ। भोलिपल्ट होलीका दहन गरिएको खरानीको धुलो उडाएर राक्षसी प्रवृति अन्त्य भएको खुसियाली मनाइएको पौराणिक कथालाई पछि ‘धुरा’ उडाउने भनिएको मानिन्छ।

मिथिलामा मनाइने उल्लासको पर्व ‘होली’ यसै पौराणिक कथामा आधारित रहेको मैथिल बताउँछन्। सत्यको विजय र राक्षसी प्रवृत्तिको अन्त्यको प्रतिकका रुपमा ‘होली’ पर्व परम्परा चलेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका सहप्राध्यापक ध्रुव राय बताउँछन्। 

मध्यमा परिक्रमा यात्रा श्रीराम जानकीको पदचाप पछ्याउनै थालिएको र यसै अवधिमा सत्य युगकालीन भक्त प्रह्लाद सम्बन्धित घटना पनि जोडिएको हुँदा यात्रा परम्परामा ‘होलीका दहन’ र ‘धुरा’ उडाउनेसँगै होली पर्व परम्परा परेको पाका मैथिल बताउँछन्। जनकपुरधाममा ‘होली’ पर्व अन्तर्गृह परिक्रमामा ‘धुरा’ उडाइएको भोलिपल्ट मनाइने परम्परा रहँदै आएको छ।

प्रकाशित: Mar 18, 2022| 09:20 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।