शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • डेढ वर्षीया बालिकाको बलात्कार गरी हत्या गर्नेहरु छुट्‌लान् भन्‍ने पीडीत परिवारको पीर

डेढ वर्षीया बालिकाको बलात्कार गरी हत्या गर्नेहरु छुट्‌लान् भन्‍ने पीडीत परिवारको पीर

एकान्त ठाउँ भएकोले त्यहाँ उनीहरु गाँजा गाएपछि यौन सम्पर्क गर्ने इच्छा जागेपछि अजयले पहिलादेखि बालिका घरमा एक्लै खेल्दै गरेको देखेको र दाजु मिथुनलाई घारीमा बस्दै गर्न भन्दै बालिकालाई लिन हिँडेको बतयान दिएका छन्।
 |  बुधबार, चैत २, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, चैत २, २०७८

विराटनगर- गत शुक्रबार साँझ मोरङको सुन्दरहरैचा-७ गणेशपुरबाट ३६ वर्षीय राजकुमार केवटकी डेढ वर्षिया छोरी करिश्माकुमारी बेपत्ता भइन्। घरमा आमाबाबु नभएको समयमा दिदीसँग रहेकी बालिका साँझ ५ बजे हराइन्। हराएको केही समयपछि डेढ वर्षीया बालिकालाई परिवारका सदस्यले साँझ ६ बजे घरदेखि पर घारीमा फेला पारे।

triton college

बालिका रोइरहेको अवस्थामा फेला पारिएको मृतकका बुबा राजकुमारले बताए। स्थानीयहरुमा हल्ला चल्यो। हतार–हतार गरेर नोबेल अस्पताल विराटनगर ल्याएर ती बालिकाको उपचार सुरु गरियो। उपचार सुरु गरेको केही घण्टामा बालिकालाई डाक्टरले मृत घोषित गरे।

छोरीलाई बेहोस अवस्थामा फेला पारेदेखि राजकुमार अहिले होस-बेहोसका कुरा गर्छन्। गफ गर्दागर्दै आक्रोशित हुन्छन्। घरि शान्त भएर कुरा गर्छन्। मुखमा घाँस कोचेको, बियरको बोतलले टाउकोमा हिर्काएर चोट लागेको र कैँचीले काटेको अवस्थामा छोरीलाई घाइते अवस्थामा फेला पारेका उनी भन्छन्,‘हत्यारालाई कडाभन्दा कडा कारबाही होस्।’ 

गाँजा सेवनपछि बलात्कार

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ। प्रहरीले बालिकाको हत्या आरोपमा सुन्दरहरैंचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जना दाजुभाइ हुन्। उनीहरुले पालैपालो बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जिसीले बताए। बालिकालाई बलात्कार गर्नु दुई घण्टा अगाडि गछिया खोलामा दाजु मिथुनसँग अजयले भेटेपछि दुवै जना गाँजा खान स्थानीय केरा बगानमा गएको अनुसन्धानका क्रममा बयान दिएको प्रहरीको भनाई छ। 

corrent noodles
Metro Mart

एकान्त ठाउँ भएकोले त्यहाँ उनीहरु गाँजा गाएपछि यौन सम्पर्क गर्ने इच्छा जागेपछि अजयले पहिलादेखि बालिका घरमा एक्लै खेल्दै गरेको देखेको र दाजु मिथुनलाई घारीमा बस्दै गर्न भन्दै बालिकालाई लिन हिँडेको बतयान दिएका छन्। एसपी जिसीका अनुसार घरमा खेल्दै गरेकी बालिकालाई बोकेर ल्याएपछि दुवै जनाले बलात्कार गरेको खुलेको हो। प्रहरीका अनुसार घटनामा संलग्न अजय यसअघि पनि दुई वर्ष कारागार बसेका अभियुक्त हुन्। उनी अपराध तथा शरीर बन्धक मुद्दामा दुई वर्ष अगाडि मोरङ कारागार बसेपछि गत मंसिर १८ मा छुटेका थिए। उनका दुई श्रीमती रहेको र दुवैजना माइतमा बस्दै आएको प्रहरीले बताएको छ। 

जनप्रतिनिधिप्रति आक्रोश

रंगेली-५ आँपगाछी स्थायी घर भएका राजकुमार केही वर्षयता सुन्दरहरैँचामा भाडामा बस्दै आएका छन्। उनीहरु श्रीमान-श्रीमती नै मजदुरी गर्दै आएका छन्। चार सन्तानमध्येकी कान्छी छोरी गुमाएका राजकुमारले स्थानीय जनप्रतिनिधिबाट कुनै सहयोग नमिलेको बताए। सुन्दरहरैँचाका जनप्रतिनिधिले कुनै सहयोग नगरेपछि विराटनगरका नेताहरुलाई घटनाबारे सुनाउनुपरेको बताए।

उनले भने,‘वडाध्यक्ष अहिलेसम्म पनि भेट्न आएनन्। घटनाबारे जनप्रतिनिधिले सोधी खोजी नै गरेनन्।’ घटनालाई मिलाउनु पर्छ भन्दै स्थानीय जनप्रतिनिधिले भन्‍ने गरेको उनले सुनाए। उनलाई कहिले घर बनाइदिने त कहिले नगद सहयोग गर्ने भन्दै जनप्रतिनिधिले भन्‍ने गरेका छन्। मृतक बालिकाका बाबुले घटनाका आरोपित यसअघि पनि जेल बसेर छुटेकाले पुन छुट्ने हो की? भन्‍ने डरले गर्दा आन्दोलन गर्नु परेको बताए। आन्दोलनका क्रममा प्रहरीको लाठी लागेर आफ्नो हातमा चोट लागेको उनले बताए। 

घटनापछि दैनिक प्रदर्शन

डेढ वर्षीया बालिका बलात्कारपछि हत्या गरेको घटनाको विरोधमा दैनिकजसो गछियामा प्रदर्शन हुँदै आएको छ। बलात्कारीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन बढाउँदै लगेका छन्। स्थानीयबासीले सुन्दरहरैंचाको गछियामा मंगलबार २ घण्टा चक्काजाम गरे। 

चक्काजामका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पक्राउ परेकाविरुद्ध मुद्दा चलाउने तयारी गरेको बताए। अभद्र व्यवहार गरेको भन्दै मुद्दाको तयारी गरिरहेको उनको भनाइ छ। 


प्रकाशित: Mar 16, 2022| 20:23 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।