आइतबार, मंसिर २८, २०८२

कोरोना विरुद्धको खोप सहजै उपलब्ध

कोरोना सङ्क्रमण विरुद्धको खोपमा सबैको पहुँच पुर्‍याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

रासस

रासस

शुक्रबार, फागुन २७, २०७८

त्रिशूली- कोरोना सङ्क्रमण  विरुद्धको खोपमा सबैको पहुँच पुर्‍याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ। खोप लगाउन बाँकी रहेका तथा दोश्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

National life

स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनका अनुसार हरेक साताको सोमबार विदुर नगरपालिका–२ स्थित शहरी स्वास्थ्य केन्द्र र बुधबार त्रिशुली अस्पतालमा खोप लगाउन बाँकी रहेकादेखि यसअघि खोप लगाइसकेका व्यक्तिहरूलाई थप डोज लगाउन कार्डसहित सम्पर्क गर्न अनुरोध गरिएको छ।

यसैगरी जिल्लाका बाह्र स्थानीयतहले पनि अबदेखि खोप केन्द्र निर्धारण गरेर खोप सेवा उपलब्ध गराउने निर्णय भएको छ। खोप लगाउन सदरमुकाम केन्द्रित गरेर स्वास्थ्य कार्यालयले दुई केन्द्रबाट खोप उपलब्ध गराउने भएकाले जिल्लाभरलाई सोही स्थानमा बोलाउँदा आउजाउको क्रममा सङ्क्रमणको थप जोखिम हुनसक्ने तथा भीडभाड हुनेसक्ने भएकाले पालिकामा नै खोप उपलब्ध गराउन लागिएको हो। त्यसको लागी हरेक महिनाको तोकिएको मिति र केन्द्रबाट खोप सेवा उपलब्ध गराउने गरिने खोप अधिकृत महर्जनले बताए।

सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सबैभन्दा उपयुक्त उपाय खोपको पहुँच भएकाले १२ वर्ष माथीका सबै व्यक्तिलाई खोप लगाउन आग्रह गरिएको छ। नुवाकोटमा कोरोना रोग विरुद्धको खोप सेवामा सबैको पहुँच पुराई जिल्लालाई कोरोना विरुद्धको खोपयुक्त जिल्ला घोषणाको लागि पनि खोप सेवालाई सहज बनाई सबैलाई समावेश गर्न लागिएको हो।

जिल्लामा हालसम्म विभिन्न पाँच कम्पनीका तीन लाखभन्दा बढी डोज भित्रिएको छ। खोप कार्यक्रम सुरु भएदेखि हालसम्म नुवाकोटमा कोभिडशिल्ड ६१ हजार ९१०, एक्स्ट्राजेनेका ६७ हजार ७००, भेरोसिल ९५ हजार १००, जोनसोन एण्ड जोनसोन १५ हजार ९१० र मोडर्ना कम्पनीको खोप ६४ हजार ८०० डोज खोप प्राप्त भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 11, 2022| 06:39 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।