शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, रुसी हमला भने जारी

रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, रुसी हमला भने जारी

सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन्।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

मस्को- रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन्।

National life

युक्रेनका अधिकारीहरुले नै यस वार्ताले त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन्। वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएका छन् र उनीहरुले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन्।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए। रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने बताएका छन्।

उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा रुसले हवाई आक्रमण गरेको छ। रुसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ।

यसरी नागरिकको आवासीय क्षेत्रलाई निशाना बनाइरहेको भन्ने कुराको भने रुसले अस्वीकार गरेको छ। यता राजधानी किभमा भने खतराको जनाउ दिने साइरनहरु बजेका बताइएको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको बताइएको छ। रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ। ती स्थानहरुमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ। जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको छ।  सिन्ह्वा

प्रकाशित: Mar 01, 2022| 12:24 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।