बिहीबार, माघ १५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बालिका बलात्कारपछि हत्या घटना : पीडितद्वारा आरोपितको घरमा आगजनी

बालिका बलात्कारपछि हत्या घटना : पीडितद्वारा आरोपितको घरमा आगजनी

मोरङको लेटाङ ८ ज्यामिरेकी १२ वर्षीया बालिका करुण राईको बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितको घरमा पीडित पक्षले आगजनी गरेको छ।
 |  सोमबार, फागुन १६, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, फागुन १६, २०७८

विराटनगर– मोरङको लेटाङ ८ ज्यामिरेकी १२ वर्षीया बालिका करुण राईको बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितको घरमा पीडित पक्षले आगजनी गरेको छ। लेटाङ नगरपालिका–८ का ६४ वर्षीय दीपक गिरीको घरमा पीडित पक्षले सोमबार आगजनी गरेका हुन्। 

National life

करिब ३० जनाको समूहमा आएको पीडित पक्षले आरोपित गिरीको घरमा आगो लगाइदिएको वडाध्यक्ष भीमप्रसाद पोखरेलले बताए। वडाध्यक्ष पोखरेलका अनुसार आगजनी गरिएका बेला घर खाली थियो। अन्नपात लगायत अरु धनमाल यसअघि नै निकालेर गिरीका छोराले लगिसकेका थिए।

आर्थिक अवस्था कमजोर रहेका गिरी सुकुम्बासी हुन्। नगरपालिकासँग सहयोग लिएर र आफै रकम संकलन गरेर स्थानीय युवा अभियन्ताले उनको घरको छेउमै नयाँ घर पनि बनाइदिँदै थिए। गिरीकी पत्नीको एक महिनाअघि मृत्यु भएको थियो।

हत्या गरिएकी बालिका करुणा जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन्। विद्यालयबाट जंगलको बाटो एक्लै घर फर्कदै गर्दा गिरीले बुधबार बलात्कारपछि हत्या गरेको आरोप लागेको छ। 

लालहीरा सामुदायिक वनको खोँचमा फ्यालेर माथिबाट ढुंगाले छोपेको अवस्थामा करुणाको शव गत शुक्रबार फेला परेको  थियो। जाँते माध्यमिक विद्यालयबाट घर फर्किने क्रममा गत बुधबार जंगलको बाटोमा एक्लै देखेपछि गिरीले बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरेको र त्यसपछि हत्या गरेर शव खोँचमा फ्यालेको गिरीले प्रहरीसमक्ष बयान दिएको बताइएको छ। 

Laxmi sunrise bank
kumari

बालिकालाई खोजी गर्ने क्रममा प्रहरीले आगोमा जलाएको अवस्थामा खरानीको थुप्रोमा विद्यालयको लोगो रहेको पेटी (बेल्ट)को बक्कल र कडी, जल्न बाँकी जुत्ताको सोल, ज्याकेटका बटमहरु, फरकको खिप, कालो रंगको स्क्रिन फुटेको मोबाइल र नजिकै लाइटर फेला पारेको थियो।

प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान भइरहेको छ।

प्रकाशित: Feb 28, 2022| 20:00 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।