शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव युक्रेनद्वारा अस्वीकार

बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव युक्रेनद्वारा अस्वीकार

चार दिनदेखि युक्रनेमाथि सैन्य आक्रमण गरिरहेको रुसले युक्रेनसँग वार्ता गर्नका लागि प्रतिनिधिमण्डल बेलारुस पठाएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

किभ– चार दिनदेखि युक्रनेमाथि सैन्य आक्रमण गरिरहेको रुसले युक्रेनसँग वार्ता गर्नका लागि प्रतिनिधिमण्डल बेलारुस पठाएको छ। युक्रेनसँग वार्ता गर्नका लागि आफ्नो प्रतिनिधिमण्डल बेलारुस पुगेको रुसी विदेश मन्त्रालयले जानकारी दिएको छ। 

National life

बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भोलोदिमियर जिलेनेस्कीले भने बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गरेका छन्। राष्ट्रपति जिलेनेस्कीले यदि रुसले बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण गर्न रोकेको अवस्थामा भने वार्ता सम्भव हुनसक्ने बताएका हुन्।

उनले भने, ‘यदि बेलारुसको क्षेत्रबाट भइरहेका आक्रामक गतिविधिहरु रोकिएको अवस्थामा भने मिन्स्कमा वार्ता गर्न सकिन्छ, अथवा अन्य कुनै भूभागमा पनि वार्ता गर्न सकिन्छ।’ उनले युक्रेनले युद्ध अन्त्य गर्न चाहेको समेत बताएका छन्। 

उनले थपे, ‘वास्तवमै हामी शान्ति चाहन्छौं, हामी भेटेर वार्तामार्फत समस्या समाधान गर्न र युद्ध अन्त्य गर्न चाहन्छौं। वारसा, ब्राटिस्लाभा, बुडापेस्ट, इस्तानबुल, बाकुलगायतका क्षेत्रलाई पनि वार्ताका लागि चयन गर्न सकिने हामीले रुसलाई बताएका छौं।’ 

उनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग गरिएको मुलुकबाहेकमा आफूहरु वार्ता गर्न तयार भएको बताएका छन्। ‘यसो गरेमात्रै इमान्दारिताका साथ छलफलका माध्यमबाट युद्ध अन्त्य गर्ने उपाय हुनसक्छ,’ उनले भने। उनले रुसी युद्ध अपराधीहरुविरुद्ध लड्न पनि सार्वजनिक आह्वान गरेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 27, 2022| 14:17 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।