शनिबार, फागुन २३, २०८२

युक्रेनको राजधानीमा दोहोरो भिडन्त

युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिक सहरमा प्रवेश गरी आक्रमण गरेपछि दोहोरो हानाहान भएको हो।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिक सहरमा प्रवेश गरी आक्रमण गरेपछि दोहोरो हानाहान भएको हो।

National life

युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शनिबार बिहानै गोलाबारीको आवाज सुनिएको छ।
स्थानीय प्रशासनले सडकमा भिडन्त जारी रहेको भन्दै सर्वसाधारणलाई सेल्टरमै रहन आग्रह गरेको छ। बार्दली या झ्याल नजिक नजान पनि आग्रह गरिएको छ।

यसअघि युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गरेर अबको समय निकै कठिन हुने भन्दै डटेर लड्ने बताएका थिए।

राष्ट्रपति जेलेन्स्कीले जनतालाई बलियो भएर बस्न आग्रह गरेका छन्। उनले युक्रेनको भविष्यबारे निर्णायक घडी आएको बताएका छन्। युक्रेनमा सर्वसाधारणलाई हतियार दिइएको छ र रुसको आक्रमण रोक्न पेट्रोल बम बनाउन भनिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार रुसी सेनाले किएभको भिक्ट्री एभिन्यूमा रहेको युक्रेनी सैन्य आधार शिविरमा आक्रमण गरेको छ। रुसी सेनाले सहरको एउटा पावर स्टेशन कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ।

केही घण्टाअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले राति किएभमा आक्रमण गर्न सक्ने बताएका थिए।


प्रकाशित: Feb 26, 2022| 11:02 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।