काठमाडौं- युक्रेनमाथि हमला गरिरहेको रुसमाथि अमेरिकी सरकारले थप प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा नयाँ प्रतिबन्धको घोषणा गरेका छन्।
अमेरिकाले रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा प्रतिबन्ध लगाउने घषणा गरेको छ। त्यस्तै रुसमाथि नयाँ नाकाबन्दीको घोषणासमेत अमेरिकाले गरेको छ।
सुरुले बिहीबारबाट युक्रेनमाथि हमला गरिरहेको छ। त्यसको रुसमै समेत विरोध भइरहेको छ। सुसी सैन्य हमलामा परी युक्रेनको राजधानीलगायतका सहरमा केही नागरिकको ज्यान गएको छ।
यहीबीच रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले शुक्रबार बताएका छन् ।
रुसी आक्रमणमा परेको युक्रेनलाई आर्थिक सहयोग तयार रहेको विश्व बैंकले जनाएको छ। बैंकले वक्तव्य जारी गर्दै आपतकालीन आर्थिक सहयोग आवश्यक परेमा उपलब्ध गराउन सकिने उल्लेख गरेको छ।