सियोल- एसियाली मुलुकमा कम चामल खपत भइरहेको बेला दक्षिण कोरियाको धान बाली लगाउन क्षेत्रफलमा सन् २०२१ मा सबैभन्दा बढी गिरावट भएको तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार २०२१ मा ७८ हजार ४४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो। यो अघिल्लो वर्षको तुलनामा ५.३ प्रतिशतले घटेको हो।
सन् १९७५ पछि तथ्यांक सङ्कलन गर्न थालेदेखि यता यो सबैभन्दा द्रूत गतिमा कटौती भएको सङ्केत हो। सबैभन्दा ठूलो गिरावट आउनुमा एशियाली जनताको भोजन गर्ने बानीका कारण चमलको माग कम हुन थालेपछि कोरियाली कृषकले वैकल्पिक बाली लगाउन थालेका कारण भएको सरकारी तथ्यांकले देखाएको छ।
देशको प्रति व्यक्ति धान खपत एक वर्ष पहिलेको भन्दा १.४ प्रतिशतले कम भएर २०२१ मा ५६.९ किलोग्रामको न्यून रेकर्ड कायम भएको छ। यहाँको कूल धान उत्पादन भने १०.७ प्रतिशत बढेको र ३८ लाख ८० हजार टन पुगेको बताइएको छ।
सन् २०२१ मासुख्खा खेतको क्षेत्रफल ३.४ प्रतिशतले बढेर ७६ हजार २७७ हेक्टरमा पुग्यो।
यसले गर्दा मुलुकमा तरकारीको मूल्य उच्च हुँदा सबैभन्दा छिटो वृद्धि भएको हो। आधिकारीक तथ्यांकअनुसार २०२१ मा दक्षिण कोरियाको कूल खेतीयोग्य जमिन एक लाख ५४ हजार ७१७ हेक्टरमा आएको छ। यो अघिल्लो वर्षको भन्दा १.२ प्रतिशतले घटेको हो। यो सन् २०१३ देखि नवौं वर्षको गिरावट हो।