आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • १२ वर्षीय बालिका बलात्कार र हत्या प्रकरण: ६४ वर्षीय गिरी पक्राउ, दिनभर प्रदर्शन

Siddartha premir insuranceSiddartha premir insurance

१२ वर्षीय बालिका बलात्कार र हत्या प्रकरण: ६४ वर्षीय गिरी पक्राउ, दिनभर प्रदर्शन

पोशाक जलाएको ठाउँमा स्कुलको छाप हानिएको बेल्ट (पेटी) को कब्जा र जल्न बाँकी जुत्ताको भाग भेटिएपछि गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना स्वीकार गरेको एसपी जीसीको भनाइ छ।
 |  शुक्रबार, फागुन १३, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, फागुन १३, २०७८

विराटनगर- मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईलाई बलात्कारपछि हत्या गरिएको घटनामा संलग्‍न भएको आरोपमा प्रहरीले लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको छ । दुई दिनदेखि बेपत्ता रहेकी बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा स्थानीय लालहिरा सामुदायिक वनमा शुक्रबार बिहान भेटिएको थियो । 

triton college

शव फेला परेलगत्तै प्रहरीले शंकास्पद दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएकामध्ये गिरीले बलात्कार पछि हत्या गरेको स्वीकार गरेका थिए । 

बालिकाको हत्या गत बुधबार साँझ भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए। जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिका घर फर्किने क्रममा गिरीले नियन्त्रणमा लिएर बलात्कार गरेको र ढुंगाले हानेर हत्या गरेपछि शव ढुंगाले छोपिदिएको पाइएको जीसीले बताए । 

बेल्टको कब्जा र जुत्ताबाट घटनामा संलग्‍न पक्राउ

विद्यालयको पोशाक आफ्नो घर नजिक जलाउने क्रममा बालिकालाई बलात्कारपछि हत्या गर्ने गिरीलाई जल्न बाँकी रहेको बेल्टको कब्जा र जुत्ताका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो । 

Metro Mart
vianet

पोशाक जलाएको ठाउँमा स्कुलको छाप हानिएको बेल्ट (पेटी) को कब्जा र जल्न बाँकी जुत्ताको भाग भेटिएपछि गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना स्वीकार गरेको एसपी जीसीको भनाइ छ। सुरुमा गिरीले केही दिनअघि मृत्यु भएकी आफ्नी पत्‍नीको कपडा जलाएको प्रहरीलाई बताएका थिए। एसपी जिसीले भने,‘घटना कसैले थाहा नपाउन भनेर घरछेउमा ल्याएर पोशाक जलाएको रहेछ।’ 

स्थानीयबासी र विद्यार्थीद्वारा दिनभर प्रदर्शन

हत्या गरिएको अवस्थामा बालिकाको शव फेला परेपछि स्थानीय र जाँते माध्यमिक विद्यालयका विद्यार्थीले शुक्रबार दिनभर प्रदर्शन गरेका छन्। हत्यामा संलग्‍न दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय र विद्यार्थीले प्रदर्शन गर्दा घटनास्थलको अवस्था तनावपूर्ण बनेको थियो। पोस्टमार्टमका लागि लैजान शव हालिएको एम्बुलेन्सलाई सडकै छेकेर उनीहरु दिनभर प्रदर्शन र नारबाजीमा उत्रिका थिए। 

बालिकाको न्यायको माग गर्दै गरिएको विरोध प्रदर्शनमा सहभागीहरु। 

विद्यालयका प्रधानाध्यापक उत्तमराज खतिवडाले बालिकाको हत्यामा संलग्‍नलाई कानुन अनुसार कारबाही हुनुपर्ने माग गरे। अभिभावक, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय र प्रहरी सबै मिलेर खोजी गरिरहेका बेला जाँते–ज्यामिरे सडक खण्डबाट लगभग सय मिटर तलको खोँचमा नांगो अवस्थामा बालिकाको शव भेटिएको खतिवडाले बताए। स्थानीयबासीले जंगलको बाटो विद्यालय जानु पर्दा बालबालिका असुरक्षित भइरहेको प्रहरी समक्ष बताएका छन्। गिरीविरुद्ध प्रहरीले जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ।

प्रकाशित: Feb 25, 2022| 19:37 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।