शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'डिजाइन'को शिखण्डी बन्दै पल शाहका म्यानेजर, प्रहरी भन्छ- आएको कुरा नोट गरिरहेका छौं

'डिजाइन'को शिखण्डी बन्दै पल शाहका म्यानेजर, प्रहरी भन्छ- आएको कुरा नोट गरिरहेका छौं

पल फरार रहेको तेश्रो दिन उनका म्यानेजर कृष्ण जोशी एक्कासी युट्युब च्यानल अनलाइनटिभी नेपालको पर्दामा देखिएका छन्, त्यो पनि अचम्मको स्वीकारोक्तिसहित। पलले आफूहरुमाथि लगाएको षड्यन्त्रको आरोप सत्य हो भन्दै उनी नाटकीय शैलीमा प्रस्तुत भएका छन्।
 |  शुक्रबार, फागुन १३, २०७८

अनिल यादव

अनिल यादव

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- नबालिग किशारीमाथि जर्बजस्ती करणी गरेको जाहेरी परेपछि बुधबार साँझदेखि फरार रहेका अभिनेता पल शाहले बिहीबार बिहान ६ वटा अडियोसहित एक्कासी एउटा फेसबुक स्टाटस सार्वजनिक गरे। स्टाटसमार्फत आफ्ना प्रशंसकलाई आफूतिर तान्न उनले आफूमाथि षड्यन्त्र भएको 'इमोसनल कार्ड' फ्याँके।  

triton college

षड्यन्त्र गर्नेहरुको सूची भन्दै उनले क्रमशः चार जनाको नाम नै सार्वजनिक गरे- दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाई र कृष्ण जोशी। 

पललाई 'देउता' मान्ने कतिपय फ्यानहरुले त उनको दाबी पत्याए पनि होलान् तर एउटा नामले भने प्रहरीदेखि मनोरञ्जनवृत्त, सबैतिर आश्चर्य जगायो। त्यो नाम थियो कृष्ण जोशी अर्थात् पलका म्यानेजर। 

कारण, जसलाई पल आफूलाई फसाउने षड्यन्त्रकारीको सूचीमा राखिरहेका थिए, खासमा पलका तर्फबाट पछिल्लो समय निरन्तर पीडित नाबालिगलाई धम्क्याउने काम उनैले गरिरहेका थिए।

त्यति मात्रै होइन बुधबार साँझ काठमाडौं प्रहरीले पललाई पक्राउ गर्न उनीसँग सम्पर्क गरेको थियो। तर, उनैले प्रहरीलाई 'चक्मा' दिएर पललाई भगाइदिए। 

Metro Mart
vianet

'हामीलाई एक ठाउँ बोलाएर पललाई अन्तै भगाएछन्,' पललाई जहाँ भेट्यो त्यहीँबाट पक्राउ गर्ने सर्कुलरपछि निरन्तर खोजीमा जुटिरहेको काठमाडौं प्रहरी स्रोतले भन्यो, 'अहिले त पल मात्रै होइन, ती म्यानेजर पनि मोबाइल अफ गरेर लुकिरहेका छन्। तर, केही छैन हामी जहाँ लुके पनि समातेरै छाड्छौं।' 

किन आयो म्यानेजरको नाम?

बिहीबार नै पीडित परिवारको अनुमान थियो- पलले अहिले आफ्नो सबैभन्दा नजिक रहेका म्यानेजर जोशीको नाम पनि 'षड्यन्त्रकारी'को सूचीमा राख्नुको पछाडि पक्कै केही न केही षड्यन्त्र छ।'

बिहीबार बिहान अडियो सार्वजनिक गरेलगत्तै पलले 'षड्यन्त्रकारी'को आरोप लगाएकामध्येका एक सम्राट चौलागाईलाई फोन गरेर, जे भने त्यसले पनि यो अनुमानमा बल पुर्‍याएको थियो। पलले सम्राटलाई फोन गर्दै 'मलाई बचाउनुपर्छ, हामीले षड्यन्त्र गरेको हो भनेर तिमीले स्वीकार्नुपर्छ' भन्दै सम्राटसँग सहयोग मागेका थिए। जवाफमा सम्राटले 'मेरो नाम चाँहि किन राखेको' भन्दै पलसँग गुनासो पोखेका थिए। 

गुनासो पोख्नु स्वभाविक थियो। किनभने पलले बिहीबार अनामनगरको एक रेस्टुरेन्टमा सम्राटसमेत सम्मिलित भएको जुन अडियो सार्वजनिक गरे, त्यो खासमा उनैले रेकर्ड गरेका थिए। सम्राटका अनुसार रेकर्ड गरेको अडियो उनले पलका नजिक रहेका एक पत्रकारलाई उपलब्ध गराएका थिए। तिनै पत्रकारमार्फत् त्यो अडियो पलसम्म पुगेको थियो।

खासमा फरार रहेका पलले सम्राटसँग गरेको फोन संवाद अहिलेसम्म गोप्य नै हुने थियो, यदि प्रहरी सम्राट खोज्दै रातोपुल नपुगेको भए। तर, निरन्तर पलको फोन ट्रयाक गरिरहेको प्रहरीले सम्राटसँग सम्पर्क गरेको पाएपछि उनलाई पलबारे सोधपुछ गर्न पुगेको थियो। त्यही क्रममा प्रहरीले दुर्गेश थापा र सरोज वलीलाई पनि अभिनेता पल शाह लुकेको ठेगाना पत्ता लगाइदिन सहयोग मागेको थियो। 

पल फरार रहेको तेश्रो दिन उनका म्यानेजर कृष्ण जोशी एक्कासी युट्युब च्यानल अनलाइनटिभी नेपालको पर्दामा देखिएका छन्, त्यो पनि अचम्मको स्वीकारोक्तिसहित। पलले आफूहरुमाथि लगाएको षड्यन्त्रको आरोप सत्य हो भन्दै उनी नाटकीय शैलीमा प्रस्तुत भएका छन्। 

'पल दादाको सानादेखि ठूलासम्मलाई सम्मान गर्ने राम्रो बानी मनैदेखि छ, सायद त्यही केयर नै मायामा परिणत भइदियो होला,' पलको तारिफमा यतिसम्म भन्न भ्याएका छन् उनले। 

पलसँगको रिसइबीका कारण आफूहरुले पीडित किशोरीलाई अचानो बनाएर उनलाई फसाउन खोजेको अभिव्यक्तिसम्म खुलेआम दिएका छन्। २१ मिनेटको भिडियो अवधिभर उनले आफू र पलले नाम लिएका व्यक्तिहरुलाई दोषी देखाएर भएपनि पललाई निर्दोष सावित गर्न खोजेको जगजाहेर हुन्छ। 'पल दादाको सानादेखि ठूलासम्मलाई सम्मान गर्ने राम्रो बानी मनैदेखि छ, सायद त्यही केयर नै मायामा परिणत भइदियो होला,' पलको तारिफमा यतिसम्म भन्न भ्याएका छन् उनले। 

अन्तर्वार्ता पुरै 'स्क्रिप्टेड' लाग्छ। गहिरिएर हेर्दा प्रशंसकलाई आफ्नो पक्षमा माहोल सिर्जना गराउन पलले नै म्योनेजरलाई बोल्न पठाएको सहजै अनुमान गर्न सकिन्छ। यतिसम्म कि यो अन्तर्वार्तामा म्यानेजर जोशीले पललाई चोख्याउन ती पीडित किशोरी अर्कै एक व्यक्तिसँग लिभिङ टुगेदरमा बस्थिन् भन्ने गम्भीर आरोप लगाउनसम्म भ्याएका छन्। 

कोही पनि अपराधी या षड्यन्त्रकारी सहजै 'मैले पलविरुद्ध षड्यन्त्र गरेँ' भन्दै मिडियामा आउन सक्छ? म्यानेजर जोशीको पछिल्लो अन्तर्वार्ताले प्रहरीलाई समेत चकित बनाएको छ। 

'कानुनी प्रक्रियामा गइसकेको एउटा मुद्दामा पल जसरी भागेर स्टाटस र अडियो सार्वजनिक गरिरहेका छन्, अनि उनका म्यानेजरले जसरी अन्तर्वार्ता दिँदै हिँडिरहेका छन्, यसलाई हामीले सिरियस्ली नोट गरेका छौं, यो एकदमै अपरिपक्व र कानुनको बर्खिलाप हो,' पलको खोजीमा जुटिरहेका काठमाडौंका एक प्रहरी अधिकृत भन्छन्। 

000

धेरैलाई थाहा नपाएको पाटो, पलले लामो समयदेखि आफ्नो म्यानेजरका रुपमा काम गरिरहेका जोशीलाई करिब ६ महिनाअघि जिम्मेवारीबाट निकालेका थिए। कारण, आन्तरिक द्वन्द्व। त्यहीबेला पलले नाबालिग गायिकालाई मायाप्रेम र बिहेको प्रलोभन देखाउँदै सम्पर्क बढाएका थिए। 

'त्यहीबेला किशोरी अन्यायमा पर्दा यिनै कृष्णले सपोर्ट गर्छु भन्दै आएका थिए,' पीडित निकट श्रोतले भन्यो, 'केही समय सपोर्ट गरेको जस्तो पनि गरे। तर, दुई महिनापछि पलले महँगो पारिश्रमिकको लोभ देखाएर यिनलाई फेरि म्यानेजर बनाए। त्यसपछि त पुरै पलको भक्त भएर निस्किए। केस बाहिर ल्याइदिए जे पनि हुन सक्नेसम्मको धम्की यिनले दिएका छन्। पक्कै समय आएपछि पीडित गायिकाले यो सब तथ्य खोल्नेछिन्।' 

के भन्छ प्रहरी? 

पललाई पक्राउ गर्न जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जी जारी भएको दुई दिन भइसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन। 

'उनलाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयमा सर्कुलर भइसकेको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले नेपालसमयसँग भन्छन्, 'अहिलेसम्म पक्राउ परेका छैनन्। तर, चाँडै पक्राउ पर्छन्। पक्राउ गरेरै छाड्छौं।'

'पल प्रिमियरमा आउने तयारीमा थिए। त्यहीँबेला उनीविरुद्ध जोहरी परेको र प्रहरीले खोज्दै गरेको खबर आयो, त्यसपछि उनी कार्यक्रममा आउन सकेनन्, अहिलेसम्म सम्पर्कविहीन छन्,' फिल्म निकट श्रोतले भन्यो।

पललाई खोज्न महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरको टोलीसहित महानगरिय प्रहरी अपराध महाशाखा र सिआइबीको टोलीसम्म खटिएको छ। तैपनि उनी मोबाइल 'स्विच अफ' गरेर उम्किएका रहेछन् तर सोसियल मिडियामा भने बेलाबेला एक्टिभ भइरहेका छन्। 

प्रहरी श्रोतका अनुसार पलको फोन ट्रयाक गर्दा अन्तिम लोकेसन बुधबार राति साढे १० बजेसम्म बालकुमारीमा देखिएको थियो। तर, त्यसपछि भने उनको मोबाइल अफ छ। 

बुधबार पलविरुद्ध नाबालिक गायिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा दिउँसोको करिब १२ बजेतिर जाहेरी दर्ता गराएका थिए। कास्की घर भएकी पीडित परिवार सुरुमा उजुरी लिएर जिल्ला प्रहरी कार्यलय कास्की पुगेको थियो। तर, अन्तिम पल्ट कसुर भएको ठाउँ तनहुँ रहेको खुलेपछि कास्की प्रहरीले पीडित परिवारलाई तनहुँ पठाएको हो। 

तनहुँको अदालतबाट बुधबार नै पक्राउ पुर्जी जारी भएपछि काठमाडौंमा रहेका पललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यलय तनहुँले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सहयोग मागेको छ। बुधबार साँझ नै अभिनेता पल अभिनित फिल्म 'म यस्तो गीत गाउँछु–२' को काठमाडौंस्थित कीर्तिपुरमा 'ग्रान्ड प्रिमियर' भएको थियो।

'पल प्रिमियरमा आउने तयारीमा थिए। त्यहीँबेला उनीविरुद्ध जोहरी परेको र प्रहरीले खोज्दै गरेको खबर आयो, त्यसपछि उनी कार्यक्रममा आउन सकेनन्, अहिलेसम्म सम्पर्कविहीन छन्,' फिल्म निकट श्रोतले भन्यो।

उता गायक दुर्गेश थापा आफ्नो गल्ती छल्न पलले आफूहरुमाथि आरोप लगाएको बताएका छन्। 'पलले धोका दिएको भन्दै एउटी नाबालिग किशोरी हाम्रो शरणमा आउँदा हामीले उहाँलाई सपोर्ट गरेका हौं। त्योभन्दा थप अरु केही नियत होइन। बाँकी समय आएपछि पीडित किशोरीबाटै धेरै कुरा खुल्दै जाला,' उनले भने। 

के छ जाहेरीमा?

बुधबार प्र्रहरी कार्यालयमा पीडित किशोरीले दिएको जाहेरीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एकोहोरो बस्न थालेपछि त्यसको कारण खोतल्दै जाँदा अभिनेता पल शाहले देखावटी मायाप्रेम बहाना गर्दै जर्बजस्ती करणी गरेको आरोप छ। 

पलले ती नाबालिग गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ , तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा उल्लेख छ। 

नाबालिक बसेको कोठामा गएर ललाई फकाइ 'बिहे गर्छु, धोका दिन्न' भन्ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जर्बजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ। 

पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने आउने क्रममा ति नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा  संवेदनशिल अंगमा चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाई, कृष्ण जोशी पनि सवार थिए।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिक बसेको कोठामा गएर ललाई फकाइ 'बिहे गर्छु, धोका दिन्न' भन्ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जर्बजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ। 

सजाय के हुनसक्छ?

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। अधिवक्ता अरुण पौड्यालका अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

000

प्रकाशित: Feb 25, 2022| 18:45 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।