शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनको राजधानी पुग्यो रुसी सेना, उमेरको वास्ता नगरी सेनामा भर्ती हुन युक्रेनको आग्रह

युक्रेनको राजधानी पुग्यो रुसी सेना, उमेरको वास्ता नगरी सेनामा भर्ती हुन युक्रेनको आग्रह

युक्रेनको राजधानी किभमा रुसी सेना पुगेको छ। रुसी सैनिकहरू राजधानी किभ आइपुगेको युक्रेनको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

किभ- युक्रेनको राजधानी किभमा रुसी सेना पुगेको छ।  रुसी सैनिकहरू राजधानी किभ आइपुगेको युक्रेनको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। 

National life

मन्त्रालयले ट्विटरमा 'शत्रु' ओबोलोन क्षेत्र आइपुगेको उल्लेख गरेको छ। मन्त्रालयले सुरक्षित स्थानमा बस्न र घरबाहिर ननिस्कन पनि आग्रह गरेको छ।  बीबीसीका अनुसार किभमा पनि  ठूला विस्फोटका आवाज सुनिएको छ।

मन्त्रालयले उमेरको वास्ता नगरी सबैलाई सेनामा भर्ती हुनसमेत आग्रह गरेको छ। सैन्य कमान्डर युरी गलुस्किनलाई उद्धृत गर्दै मन्त्रालयले पासपोर्ट वा पहिचान खुल्ने नम्बर लिएर भर्ती हुन आग्रह गरिएको हो। 

'आज युक्रेनलाई सबै थोक चाहिएको छ। सेनामा भर्ती हुने सबै प्रक्रिया सरल बनाइएको छ,' मन्त्रालयले ट्विट गर्दै आग्रह गरेको छ, 'आफ्नो पासपोर्ट र पहिचान खुल्ने नम्बर मात्र लिएर आउनुहोस्। उमेरको कुनै छेकबार छैन।'

प्रकाशित: Feb 25, 2022| 16:00 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।