रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पासा पल्टाउँदै २१ फेब्रुअरीमा एक आदेशमा हस्ताक्षर गरे र पूर्वी युक्रेनका दोनेत्सक र लुहानस्कलाई स्वतन्त्र राज्यको मान्यता दिइएको घोषणा गरे। रूसी संघको संसद्को तल्लो सदन दुमाले दुवै 'राज्यहरू' जनगणतन्त्र दोनेस्क (डीएनआर) र जनगणतन्त्र लुहानस्क (एलएनआर) सँग द्विपक्षीय सहयोग र पारस्परिक सहायतासम्बन्धी सम्झौतालाई विधिवत् रूपमा सर्वसम्मत अनुमोदन गर्यो।
रूसी सेनाहरू अब आधिकारिक रूपमा दोनबासमा तैनाथ छन्। अहिले किभ अधिकारीहरूले वास्तवमै मस्कोप्रति सहानुभूति देखाउने स्थानीय विद्रोहीहरूको मात्र सामना गरिरहेका छैनन्। उनीहरुले रुसी सेनाको आक्रमणको पनि सामना गर्नुपरेको छ।
यसले हामीलाई कहाँ पुर्याउँछ? यसले कूटनीतिक र राजनीतिक मार्ग बन्द गर्छ, जसमा पश्चिमा मुलुकले विगत आठ वर्षमा धेरै लगानी गरेका थिए। फेब्रुअरी २०१५ मा कथित नर्मेन्डी फोर (रुस, युक्रेन, फ्रान्स र जर्मनी) द्वारा सहमत भएको मिन्स्क दोस्रो प्रोटोकल अब कागजमा मात्र सीमित भएको छ।
उक्त प्रोटोकलले युक्रेनमा डीएनआर र एलएनआरलाई विशेष दर्जा दिने संवैधानिक संशोधनहरू पारित भएपछि पुन: एकीकरण हुने उल्लेख गरेको थियो। अन्य प्रावधानहरूले रुसलाई आन्तरिक राजनीतिमा आफ्नो गुमेको लाभांशलाई आंशिक रूपमा पुनर्स्थापित गर्न अनुमति दिएको छ। साथै केही पश्चिमी प्रतिबन्धहरू हटाइने र युक्रेनले आफ्नो क्षेत्रीय नियन्त्रण पुनः प्राप्त गर्ने जनाइएको थियो।
अहिले किभ अधिकारीहरूले वास्तवमै मस्कोप्रति सहानुभूति देखाउने स्थानीय विद्रोहीहरूको मात्र सामना गरिरहेका छैनन्। उनीहरुले रुसी सेनाको आक्रमणको पनि सामना गर्नुपरेको छ।
रुस र युक्रेनबीच धारणामा आएको बेमेलका कारण मिन्स्क प्रोटोकलहरु पालना हुन सकेनन्। किभले आफ्नो आधारभूत सविधानमा सशोधन नगरे नै रूससँगको सीमामा रहेका क्षेत्रहरुमा नियन्त्रण पुन: स्थापना गर्न चाहन्थ्यो भने रूस त्यसो हुन नदिने पक्षमा थियो। तर फेब्रुअरी २१ मा यो सबै इतिहास बन्यो।
त्यसपछि के हुन्छ भनेर कम्तिमा दुईवटा भविष्यवाणीहरू गरिएका छन्: एक थोरै आशावादी र एक निकै निराशाजनक। रुस-निरीक्षकहरूका अनुसार डीएनआरको अधिग्रहण युक्रेनविरुद्ध सबै बाहिरी आक्रमणको विकल्प हो। नयाँ 'राज्यहरू' रूस र बेलारुसको संघ राज्यमा समाहित गर्न सकिन्छ, जुन मस्को नेतृत्वको 'मिनि-यूएसएसआर' बन्न सक्छ। राष्ट्रपति पुटिनलाई सोभियत संघको भव्यताको पुनर्स्थापनाको भोक तृप्ति भएको महसुस हुनेछ।
यद्यपि त्यहाँ धेरै आशंकाहरु उब्जिएका छन्। मिन्स्क सम्झौताको उल्लंघन गर्नु भनेको 'बार्गेनिङ हतियार' आत्मसमर्पण गर्नु बराबर हो। रुसी विदेशमन्त्री सर्गेई लाभरोभ सन् २०१८ मा भनेका थिए- पृथकतावादी 'स्टेटलेट्स'लाई मान्यता दिनु भनेको युक्रेनको बाँकी भाग गुमाउनु बराबर हो।
अब के हुन्छ भनेर कम्तिमा दुईवटा भविष्यवाणीहरू गरिएका छन्: एक थोरै आशावादी र एक निकै निराशाजनक।
विश्लेषक माइकल कोफम्यानले प्रश्न गरे- त्यसो भए किन एक लाखभन्दा बढी सेनाहरू भारी हतियारसहित डीएनआर र एलएनआरमा तैनाथी गराइए? रूसले उक्त क्षेत्रमा विगत आठ वर्षदेखि सेनालाई रोटेशनमा राखेको छ। अर्को शब्दमा भन्नुपर्दा पुटिनको सम्पूर्ण नजर युक्रेनमा छ। डीएनआर र एलएनआर दाबी गर्नु र तत्कालै बाँकी भागमा नियन्त्रण कायम गर्ने उद्देश्यले थप कारबाही गर्नु भनेको पुटिनको पहिलो कदम मात्र हो। २२ फेब्रुअरीमा युक्रेनको सार्वभौमसत्ता र ऐतिहासिक आधारमाथि प्रश्न उठाउने पुटिनको अभिव्यक्तिले शुभ संकेत भने गरेको थिएन।
हामी कता जाँदैछौँ भन्ने कुरा आउने दिनले देखाउनेछ। डीएनआर र एलएनआरको पश्चिमी सिमानाहरू कहाँ छन् भन्ने महत्वपूर्ण मुद्दामा मस्को उद्देश्यपूर्ण रूपमा अस्पष्ट थियो। तर, २२ फेब्रुअरीमा पुटिनले प्रशासनिक क्षेत्रहरू, जसमध्ये दुई तिहाइ अझै पनि किभद्वारा नियन्त्रित रहेको र ती क्षेत्रहरु नयाँ मान्यता पाएका राज्यको क्षेत्रहरु भएको बताएका थिए।
यसैबीच, संघीय संसद्को माथिल्लो सदनले विदेशमा सैन्य बल प्रयोग गर्न अधिकार दिएको थियो। हामी अहिले द्वन्द्वको बीच भागमा छौं। पुटिनका निर्णयहरूको अर्थ रुसले युक्रेनमा युद्धको घोषणा गरेको हो। र, एक पटक शत्रुता सुरु भएपछि क्रेमलिनले सेनालाई किभका साथै दक्षिण र पूर्वमा रहेका अन्य ठूला सहरी केन्द्रहरू कब्जामा गर्न, शासन परिवर्तन गर्न र 'कठपुतली सरकार' स्थापना गर्न आदेश दिन सक्छ। पुटिनको दिमागमा सन् २००४-२००५ मा सुरु भएको 'ओरेन्ज रिभोलुसन' देखि नै युक्रेनमा पश्चिमी बहावलाई रोक्ने उपाय आएको हुन सक्छ।
के रूसी योजनाले काम गर्छ? तत्काल पुटिनलाई रोक्न सक्ने अवस्था निकै कमजोर छ। शक्ति र संकल्पको सन्तुलन दृढतापूर्वक उनको पक्षमा छ। तर, केही समयपछि अवस्थामा परिवर्तन हुनसक्छ। तथापि युक्रेनलाई लामो समय जबरजस्ती सैन्य बलले कब्जा गर्न खोजेमा प्रत्युत्पादक हुनसक्छ। युक्रेनमा भएको विद्रोहले आन्तरिक रुपमा पुटिनको लोकप्रियतामा ह्वास आउन सुरु भएको छ। जति धेरै रुसी सेनाका शव आउनेछन्, त्यसको कयौं गुणा तीव्र रुपमा पुटिनको लोकप्रियता ओरालो लाग्नेछ।
के रूसी योजनाले काम गर्छ? तत्काल पुटिनलाई रोक्न सक्ने अवस्था निकै कमजोर छ। शक्ति र संकल्पको सन्तुलन दृढतापूर्वक उनको पक्षमा छ। तर, केही समयपछि अवस्थामा परिवर्तन हुनसक्छ।
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले क्रेमलिनको युक्रेनमाथिको आक्रामक कदमलाई १९७९ मा सोभियत पोलिटब्युरोले अफगानिस्तानमा आक्रमण गर्ने खतरनाक निर्णयसँग तुलना गरेका छन्। अर्को ऐतिहासिक घटना सन् १९६८ मा सोभियत र वार्सा प्याक्ट सेनाहरूले प्राग्वय स्प्रिङलाई दबाए तर अन्ततः स्थानीयको मुक्तिको चाहनाले विजय ध्वजा फहरायो। यसलाई हेर्दा पनि पुटिनको कदमले सही बाटो समातेको छैन भन्ने कुरालाई स्पष्ट पारेको छ।
पश्चिमी मुलुकहरुले लगाएको कडा प्रतिबन्धहरुको ठूलो मूल्य रुसले चुकाउनु पर्नेछ। जर्मन चान्सलर ओलाफ स्कोल्जको नोर्ड स्ट्रिम २ पाइपलाइनलाई होल्डमा राख्ने निर्णयले पनि रुसलाई धक्का पुग्नेछ। बाइडेन प्रशासनले मस्कोविरुद्ध विभिन्न प्रतिबन्धहरु जारी गरेर दबाब सिर्जना गरिरहेको छ भने बेलायतले पनि अमेरिकालाई नै पछ्याइरहेको छ।
पक्कै पनि, रुसी अर्थतन्त्रमा पहिले चरणमा लचिलोपना देखिँदै आँधीको सामना गरेको छ। तर, बढ्दो पृथकताले असन्तुष्टि बढ्दै जाने र साधारण रूसीहरूको जीविकोपार्जनमा असर पुर्याउने छ।
पश्चिमी मुलुकहरुले लगाएको कडा प्रतिबन्धहरुको ठूलो मूल्य रुसले चुकाउनु पर्नेछ। जर्मन चान्सलर ओलाफ स्कोल्जको नोर्ड स्ट्रिम २ पाइपलाइनलाई होल्डमा राख्ने निर्णयले पनि रुसलाई धक्का पुग्नेछ।
२१ फेब्रुअरीमा रुसको सुरक्षा परिषद्को सत्रमा प्रधानमन्त्री मिखाइल मिशुस्टिनलाई देखाएको थियो। उनलाई संस्थाहरू सुधार गर्ने र अर्थतन्त्रलाई पुनरुत्थान गर्न नसकेको आरोपहरु लगाइएको छ भने रुसी विदेश नीतिले असहज अवस्थामा पुर्याउन भूमिका खेलेको ट्याग पनि छ। न त उनी, न पुटिनको टोलीका अन्य सदस्यहरु नै पुटिनको घोषणाभन्दा बाहिर उभिन सके।
समग्रमा यसले कसैलाई पनि फाइदा गर्नेछैन। दुवैको हार निश्चित छ। रुस र युक्रेनले अझै युद्धमा अघि बढ्ने मुर्खता नगरुन्। अहिले सिंगो युरोपले कालो दिन मनाइरहेको छ। यदि बन्दुकहरु उठ्नेछन्, गोली चल्न र ट्यांकहरु गुड्न बन्द हुने छैनन्, तबसम्म कोही पनि विजेता हुनेछैनन्, केवल पराजय हुनेछ।
(कार्नेगी युरोपका भिजिटिङ स्कलर र अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक दिमितार बेचेभले अलजजिरामा प्रकाशित गरेको लेख दिलिप प्रकाश कार्कीले भावानुवाद गरेका हुन्।)