मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनमाथिको हमलाविरुद्ध रुसी जनता सडकमा, १७ सय आन्दोलनकारी पक्राउ

युक्रेनमाथिको हमलाविरुद्ध रुसी जनता सडकमा, १७ सय आन्दोलनकारी पक्राउ

रूपमा विपक्षीमाथि निगरानी राख्ने एक स्वतन्त्र मानवअधिकार समूहले युक्रेनमाथि रुसले गरेको हमलाको रुसका थुप्रै सहरमा विरोध-प्रदर्शन भइरहेको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- युक्रेनमाथिको हमलाविरुद्ध रुसमा नै प्रदर्शन भइरहेको छ। रूपमा विपक्षीमाथि निगरानी राख्ने एक स्वतन्त्र मानवअधिकार समूहले युक्रेनमाथि रुसले गरेको हमलाको रुसका थुप्रै सहरमा विरोध-प्रदर्शन भइरहेको छ।

विरोध-प्रदर्शनमा उत्रिएका १७ सय जनालाई प्रहरीले गिरफ्तार गरिसकेको बीबीसीमा उल्लेख छ। आक्रमणविरुद्ध प्रदर्शन गरिरहेकाहरूमाथि ध्यान केन्द्रित गरेको ओवीडडी-इन्फो नामक उक्त मानवअधिकार समूहले मस्कोमा ९ सय र सेन्ट पीट्सबर्गमा चार सय जना गिरफ्तार भएको जनाएको छ।

सामाजिक सञ्जालमा पोस्ट भइरहेका भिडियो र तस्बिरमा प्रदर्शनकारीहरूले सडकमा 'युद्ध चाहिँदैन' लेखिएका प्लेकार्ड समातेर मार्च गरिरहेका देखिन्छन्। केही प्लेकार्डमा सरकारको युक्रेनमाथि हमला गर्ने निर्णयको आलोचनासमेत गरिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनमाथि भएको हमलाको फैसलालाई लिएर आफ्नै देशको विरुद्धमा मस्कोको पुस्किन स्वायरमा हजारौं मानिस उपस्थित भएका थिए। त्यस्तै पीट्सबर्गमा पनि करिब एक हजार मानिस जम्मा भएका थिए।

रुसी संसद्‍को तल्लो सदनको अगाडिको केटमा स्प्रे पेन्टले 'युद्ध चाहिँदैन' लेखिएको छ। रुसका अलावा विश्वका थुप्रै देशले युद्धको विरोधमा प्रदर्शन गरिरहेका छन्।

अमेरिकाको न्युयोर्कमा सयौं प्रदर्शनकारीले आफूलाई युक्रेनको झन्डामा लपेटेर संयुक्त राष्ट्रको रुसी मिसनतर्फ मार्च गरेका छन्।

प्रकाशित: Feb 25, 2022| 07:16 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।