शनिबार, फागुन २३, २०८२

रुसी सेनाको आक्रमणमा परी युक्रेनमा १३७ जनाको मृत्यु

रुसी सेनाको आक्रमणमा परी युक्रेनमा १ सय ३७ जनाले ज्यान गुमाएका छन्।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

एजेन्सी- रुसी सेनाको आक्रमणमा परी युक्रेनमा १ सय ३७ जनाले ज्यान गुमाएका छन्। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले रुसी सेनाको आक्रमणबाट १ सय ३७ जनाको मृत्यु भइसकेको पुष्टि गरेका हुन्।

National life

आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधरण रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

युक्रेन सीमा रक्षक सेवा डीपीएसएले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको छ। युक्रेन र रुसबीचको द्वन्द्वले कच्चा तेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

हिजो एकै दिन ११ अंक बढेर कच्चा तेलको भाउ एकैदिन १ सय ५ डलर पुगेको छ। यसको असर विश्वव्यापी रुपमै परेको छ।

यस्तै रुसी आक्रमणको पहिलो दिन हजारौं युक्रेनी नागरिकले घर छाडेर सुरक्षित स्थानमा पुगेका छन्।

Laxmi sunrise bank
kumari

रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किएभमा कैयौं सर्वसाधारणहरू मेट्रो स्टेसनमा पुगेका छन् जसलाई बम हमलाबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि खुला राखिएको छ।

प्रकाशित: Feb 25, 2022| 06:36 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।