शनिबार, फागुन २३, २०८२

सिरियाली मानवीय संकट उच्च : राष्ट्रसंघ

सिरियामा एक दशकभन्दा बढी को विनाशकारी गृहयुद्धमा मानवीय सहयोगको खाँचो रहेको रेकर्ड गरिएको सङ्ख्यामा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- सिरियामा एक दशकभन्दा बढी को विनाशकारी गृहयुद्धमा मानवीय सहयोगको खाँचो रहेको रेकर्ड गरिएको सङ्ख्यामा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ। 

National life

संयुक्त राष्ट्रसंघको मानवीय सहयोग मामिला हेर्ने निकाय (ओसिएचए)ले बुधबारको अन्ततिर प्रकाशित एउटा रिपोर्टमा भनेको छ, 'सिरियामा कम्तीमा एक करोड ४६ लाख मानिसहरूलाई मानवीय सहायताको खाँचो छ र यो गत वर्ष एक करोड ३४ लाख भन्दा कम थियो।'

सिरिया द्वन्द्वका लागि संयुक्त राष्ट्र सङ्घका उप क्षेत्रीय मानवीय संयोजक मार्क कट्सले भने, 'संकट सुरु भएदेखि नै सिरियामा दैनिकी अत्यन्त कष्टकर अवस्थामा रहेको छ।'

उनले ट्वीटरमार्फत् गरेको एक पोष्टमा भनिएको छ, 'राष्ट्रसंघ र यसका साझेदारहरु हरेक महिना ७० लाख मानिससम्म पुग्दैछन् तर थप सहयोग आवश्यक छ।'

सन् २०११ मा सरकार विरोधी प्रदर्शनमा क्रुर दमनबाट सुरु भएको सिरिया युद्धका कारण झण्डै पाँच लाख मानिसको ज्यान गएको र लाखौँ विस्थापित भएको अनुमान गरिएको छ।

Laxmi sunrise bank
kumari

पश्चिमी प्रतिबन्ध, कोभिड–१९ महामारी र सिरियाको पाउन्डको मूल्यमा तीव्र गिरावटले गर्दा पनि देश आर्थिक संकटसँग जुझिरहेको छ।

ओसिएचएले भनेको छ, 'यस मुलुकमा तीन चौथाईभन्दा बढी परिवारहरू अर्थात् ७६ प्रतिशतले आफ्नो आधारभूत आवश्यकताहरू पूरा गर्न असमर्थ छन् र यो गत वर्षको तुलनामा १० प्रतिशतले वृद्धि हो।'

उक्त रिपोर्टमा भनिएको छ, 'सिरियाको आन्तरिक विस्थापित जनसङ्ख्यामध्ये मानवीय सहयोगको आवश्यकता पर्ने ३७ प्रतिशत मानिसहरू हुन्।'

जनवरी २०२१ भन्दा अघि कहिल्यै विस्थापित नभएका वा आफ्नो जन्मथलोमा फर्केका मानिसहरू पनि आधारभूत आवश्यकता पूरा गर्न झन–झन् असमर्थ हुँदै गएको ओसिएचएले जनाएको छ। यसलाई संकटको बढ्दो स्तर भन्न सकिन्छ। 

सन् २०२१ मा ९२ लाख बासिन्दाहरूलाई असुरक्षाका कारण विस्थापित भएका कारण वा द्वन्द्वका कारण आफ्नो कर्म गर्न असम्भव भएका कारण मानवीय आवश्यकता भएको अनुमान गरिएको हो। 

यसले ४४ प्रतिशत वृद्धिको प्रतिनिधित्व गर्दछ। यसले सम्भवतः खस्कँदो आर्थिक अवस्थाले ऐतिहासिक रूपमा वैमनस्यता र विस्थापनबाट प्रत्यक्ष रूपमा कम प्रभावित जनसंख्यामा पारेको उल्लेखनीय असरलाई पनि प्रकाश पार्छ।

प्रकाशित: Feb 25, 2022| 05:00 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।