शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सन् २०२२ को अन्त्यसम्म चीनमा १५ वटा विमान रूपान्तरण गरिने

सन् २०२२ को अन्त्यसम्म चीनमा १५ वटा विमान रूपान्तरण गरिने

चीनले यस वर्षको अन्त्यसम्ममा बोइङको यात्रुवाहक जहाजलाई मालबहाक जहाजमा रूपान्तरण गर्ने कूल सामथ्र्य १५ लाइन पुर्‍याउने बिहीबार जनाएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

बेइजिङ- चीनले यस वर्षको अन्त्यसम्ममा बोइङको यात्रुवाहक जहाजलाई मालबहाक जहाजमा रूपान्तरण गर्ने कूल सामथ्र्य १५ लाइन पुर्‍याउने बिहीबार जनाएको छ।

National life

बोइङ चीनका अनुसार बोइङ र यसका स्थानीय तथा विश्वव्यापी साझेदारहरूले मालवाहक ढुवानीको बढ्दो बजार माग पूरा गर्न चीनमा बोइङ कन्भर्टेड फ्रेटर्स (बीसीएफ)का लागि उत्पादन सुविधा प्रदान गर्नेछन्।

यस वर्षको अन्तसम्ममा, ७३७–८०० बीसीएफ परियोजनाहरूका लागि १२ उत्पादन क्षेत्र र चीनको ग्वाङझोउ, शाङ्घाई र जिनान शहरमा तीन उत्पादन क्षेत्र बनाइने बताइएको छ।

बोइङ चीनका अनुसार बोइङ र एसटी इन्जिनियरिङले हालै ७६७–३०० बीसीएफको लागि थप क्षमता निर्माण गर्ने योजनाको घोषणा गरेका छन्।

यस वर्षको दोस्रो त्रैमासिकमा बोइङले दक्षिण चीनको ग्वाङझोउमा एसटी इन्जिनियरिङको एयरफ्रेम सुविधामा ७६७–३०० बीसीएफ रूपान्तरण लाइन थप्‍नेछ। त्यतिन्जेलसम्म चीनमा ७६७–३०० बीसीएफका लागि रूपान्तरण लाइनहरूको कुल सङ्ख्या तीन पुग्ने चिनियाँ बोइङले जनाएको छ। 

Laxmi sunrise bank
kumari

बोइङ र ग्वाङझोउ विमान मर्मत इन्जिनियरिङ कं, लिमिटेडले ग्वाङझोउमा परिवर्तित मालवाहकहरूका लागि दुई ७६७–३००बीसीएफ रूपान्तरण लाइनहरू सिर्जना गर्ने योजना गत सेप्टेम्बर घोषणा गरेको थियो।

७६७–३०० बीसीएफले ५१.६ टनसम्म बोक्न सक्छ र ६,१९० किलोमिटरसम्म उड्न सक्छ। बोइङ चीनको तथ्याङ्कले देखाएअनुसार अहिलेसम्म ७६७–३०० बीसीएफ परियोजनाले विश्वव्यापी रूपमा ग्राहकहरूबाट १०० भन्दा बढी आदेश र प्रतिबद्धता प्राप्त गरेको छ।

सन् २०२१ को बोइङ कमर्सियल बजार बिष्लेषण अनुसार कम्पनीले आगामी २० वर्षमा विश्वभर एक हजार ७२० परिवर्तित मालवाहक ढुवानीको आवश्यकताको पूर्वानुमान गरेको छ। 


प्रकाशित: Feb 25, 2022| 00:00 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।