शनिबार, फागुन २३, २०८२

रुसद्वारा युक्रेनमाथि क्षेप्यास्त्र हमला

रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको छ

National life

समाचार संस्था रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको पुष्टि गरेका छन्। युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले जानकारी दिए। रुसी पक्षबाट भने यस विषयमा कुनै प्रतिक्रिया आइसकेको छैन। 

रुसले युक्रेनमाथि विशेष कारबाही गरेको बताएको छ। सैनिक पूर्वाधार, हवाई प्रतिरक्षा र हवाई फौजलाई अचूक निशाना हान्ने अस्त्रहरूबाट प्रहार गरिरहेको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाएका छन्।

यसैबीच, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का महासचिव येन्स स्टोल्टनबेर्गले रुसको आक्रमणलाई गैरजिम्मेवार भन्दै निन्दा गरेका छन्। रुसी कदमले अनगिन्ती नागरिकको जीवन जोखिममा परेको उनले बताएका छन्। 


प्रकाशित: Feb 24, 2022| 11:54 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।