मंगलबार, वैशाख १५, २०८३

युक्रेनमाथि रुसी आक्रमण, ठाउँ-ठाउँमा विष्फोट

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा 'सैन्य कारबाही'को घोषणा गरेका छन्। रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ 'सैन्य कारबाही'को घोषणा गरेका हुन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा 'सैन्य कारबाही'को घोषणा गरेका छन्। रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ 'सैन्य कारबाही'को घोषणा गरेका हुन्।

National life

जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसीको उक्त घोषणा आएको हो।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले 'झन्डै दुई लाख सेना र हजारौं लडाकु गाडी तैनाथ गरेको' बताएका छन्।

बिहीबार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार बिसाउन र घर फर्कन आग्रह पनि गरेका छन्। बीबीसीका पूर्वी युरोप संवाददाताका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ।

kumari

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन्।

यसैबीच बिहीबार बिहान युक्रेनले पनि आफ्नो आकासमा हवाई उडानमा प्रतिबन्ध लगाएको छ। युक्रेनको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले बुधबार राति आपत्कालीन बैठक बोलाएकोमा दुबै देशले बिहीबार बिहानैदेखि आफ्ना गतिविधिहरूलाई भने बढाएका छन्।

प्रकाशित: Feb 24, 2022| 09:50 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।