मंगलबार, वैशाख १५, २०८३

युक्रेनको आकासमा जहाज उडानमा प्रतिबन्ध

रसिया-युक्रेन द्वन्द्व अप्ठ्यारो मोडमा पुगेको छ। बिहीबार बिहान युक्रेनले हवाई उडानमा प्रतिबन्ध लगाएसँगै यी दुई देशबीचको तनावपूर्ण अवस्था झन् जटिल मोडमा पुगेको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- रसिया-युक्रेन द्वन्द्व अप्ठ्यारो मोडमा पुगेको छ। बिहीबार बिहान युक्रेनले हवाई उडानमा प्रतिबन्ध लगाएसँगै यी दुई देशबीचको तनावपूर्ण अवस्था झन् जटिल मोडमा पुगेको छ।

National life

यो विषयलाई लिएर अहिले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपत्कालीन बैठक डाकेको छ। युक्रेनको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले बुधबार राति आपत्कालीन बैठक बोलाएको हो। जसले रुसी आक्रमणको तत्काल खतरा रहेको बताएको छ।

रुससँगको भिडन्तका कारण युक्रेन सरकारले पूर्वी युक्रेनका विमानस्थलहरू मध्यरातदेखि बिहान ७ बजेसम्म बन्द गर्ने भएको थियो।

रुसी उड्डयन अधिकारीहरूले हवाई क्षेत्रको नियन्त्रण कब्जा गर्ने प्रयास गरेपछि युक्रेनका उड्डयन अधिकारीहरूले पनि पूर्वमा केही हवाई क्षेत्रहरूलाई 'खतरनाक क्षेत्र'को रूपमा घोषणा गरेका छन्।

रुसले पूर्वी युक्रेनको हवाई क्षेत्रमा नागरिक हवाई प्रतिबन्ध लगाएपछि युक्रेनले कारबाही गरेको हो।

kumari

‘तनावको बीचमा अनपेक्षित गोलाबारी वा हवाई ट्राफिक नियन्त्रणलाई लक्षित गर्ने साइबर आक्रमणको जोखिमका कारण एयरलाइन्सहरूले युक्रेनको कुनै पनि भागमा उडान बन्द गर्नुपर्छ,’ एक द्वन्द्व क्षेत्र अनुगमनकर्ताले बुधबार भने।

प्रकाशित: Feb 24, 2022| 09:33 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।