आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • दिनेशको हत्या कान्छी श्रीमतीबाट, बहराइनको मास्क बन्यो पहिचानको आधार

Siddartha premir insuranceSiddartha premir insurance

दिनेशको हत्या कान्छी श्रीमतीबाट, बहराइनको मास्क बन्यो पहिचानको आधार

झापाको दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्यामा संलग्न कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगर–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरी सुनसरी प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
 |  मंगलबार, फागुन १०, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, फागुन १०, २०७८

विराटनगर– सुनसरीको धरान उपमहानगरपालिका–४ मा जेब्रा झोलाभित्र शवका टुक्रा फेला परेका पुरुषको हत्या आफ्नै कान्छी श्रीमतीको योजनामा भएको खुलेको छ। प्रेमीसँग मिलेर उनले हत्या गरेको पाइएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए।

triton college

झापाको दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्यामा संलग्न कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगर–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरि सुनसरी प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

कसरी भयो शवको पहिचान ?

सुनसरीको धरान ४ मा जेब्रा झोलाभित्र टुक्रा–टुक्रा पारी फ्यालिएको अवस्थामा फेला परेको शवको पहिचान गर्न प्रहरीलाई एक साता लाग्यो। फागुन ४ गते साँझ धरान–धनकुटा सडक खण्ड अन्तर्गत  जेठामाने गोलाइस्थित सडकभन्दा ४५ फिट पश्चिममा जेब्रा झोलामा प्याक गरेर फालेको अवस्थामा टाउको र दाहिने खुट्टाको तिघ्रादेखि तलको पूरा भाग फेला पर्यो। पूरा शरीर फेला नपरेपछि प्रहरीले शरीरका अन्य भाग खोजी गर्न थाल्यो।

अघिल्लो दिन फेला परेको स्थानबाट डेढ किलोमिटर माथि सडकभन्दा ३२ फिट तल जेब्रा झोलामा नै प्याक गरेको अवस्थामा फागुन ५ गते घाँटी भन्दा मुनीको भागको शरीरसहित बायाँ खुट्टा समेतको भागहरु फेला परे। टुक्रा–टुक्रा पारी फ्यालिएको अवस्थामा फेला परेको शवको पहिचान गर्न प्रहरीलाई निकै सकस परेको थियो। प्रहरीले पछिल्लो ६ महिनादेखि हराई खोजतलासका लागि हुलिया निवेदन परेका व्यक्तिहरुको नामावली संकलन गरी शवको हुलियासँग भिडाउने कार्य गरेको एसपी थापाले बताए।

Metro Mart
vianet

मृतकको हुलियासँग मिल्दो प्रकृतिको मानिस हराएको हुलिया निवेदन नपरेपछि प्रहरीको अनुसन्धान शवसँगै फेला परेको बहराइनमा बनेको मास्कतर्फ मोडिएको थियो। सोही आधारमा प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखादेखि बहराइन प्रहरीसम्म पहिचानका लागि प्रहरीले व्यक्ति खोजीको काम गरेको एसपी थापाले बताए। उनले भने, ‘श्रम कार्यालय र अध्यागमन कार्यालयलाई बहराइनबाट आएका कामदारको विवरण माग गरियो।’

झापाको दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्यामा संलग्न कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगर–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरी सुनसरी प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

गत माघ ९ गते बहराइन प्रहरीमार्फत पुस २० गते ट्याटवेयर पेट्रोलियममा सेक्युरिटी गार्ड काम गर्ने इलाम बाँझो घर भइ हाल दमक ५ मा बस्ने दिनेश सिग्देल १५ दिनको बिदामा घर गएको तर बिदा अवधि पूरा भए पनि बहराइन फर्की नआएको खुलेपछि प्रहरीले फागुन ९ गते मृतकका बुबा हाल झापा शिवसतासी–११ झिलझिले बस्ने सुरेन्द्र सिग्देल र मृतककी जेठी श्रीमती निर्मला सिग्देललाई फेला पारी सनाखतका लागि शव देखाएको प्रहरीको भनाइ छ। उनीहरुले शवको सनाखत गरेपछि प्रहरी हत्यामा संलग्नहरुको खोजीमा लागेको एसपी थापाले बताए।

विराटनगर–३ पिपलचोकमा कान्छी श्रीमती रहेकी र बहराइनबाट फिर्ता हुँदा अन्य समयमा समेत कान्छी श्रीमतीसँगै बस्ने गरेको र यस पटक नेपाल आएपछि एक पटक फोन गरेको परिवारका सदस्यहरुले प्रहरी समक्ष बताएका थिए। उनीहरुले हालसम्म पनि घरमा नआएको बताएपछि कान्छी श्रीमतीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको एसपी थापाले बताए। 

हत्या कसरी? 

बहराइनबाट काठमाडौं आएको भोलिपल्ट पुस २१ गते दिनेश विराटनगर आए। अनितासँग उनको भेट भयो। त्यो दिन दुवै जना विराटनगरकै फेमिली होटल एन्ड लजमा बसे। पुस २२ गते दिनेश र अनिता कोठामा आए। साँझतिर कोठामै गलबन्दीले घाँटी कसेर अनिता र सरोजले दिनेशको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

एसपी थापाका अनुसार विदेशबाट आएर भेट भएको भोलिपल्टै अनिताले आफ्ना प्रेमीसँग मिलेर पति दिनेशको हत्या गरेको पत्ता लागेको छ। हत्या गरेर रातभर शव कोठामै राखी पुस २३ गते दुवै जना पसलमा गएर ४ हजार रुपैयाँमा ग्रेण्डर मेसिन र ३ थान जेब्रा झोला र पोलिथिन खरिद गरी कोठामा शवलाई टुक्रा–टुक्रा बनाएर टाउको र खुट्टाको भाग जेब्रा झोलामा प्याक गर्दै टेम्पोमा राखी धरानको जंगलमा पुर्याएर फ्यालेको देखिएको प्रहरीले बताएको छ।

टाउको र हातको भाग धरानको जंगलमा व्यवस्थापन गरेपछि अनिता र सरोज धनकुटाको भेडेटार गएर एक रात बसेको खुलेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ। एसपी थापाले भने, ‘उनीहरु भेडेटारबाट पुस २४ गते विराटनगर फर्किएर कोठामै छाडेको शरीरको अरु भाग लगेर त्यही जंगलमा व्यवस्थापन गरेछन्।'

सुनसरी प्रकाशपुर माइती भएकी अनितासँग प्रेममा परेका सरोजको पनि पत्नीसँग घरवार बिग्रिएको पाइएको छ। प्रहरीका अनुसार पत्नीसँग सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका उनी अनितासँग गत दसैंदेखि नियमितजसो बस्न थालेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमति झै बसेका रहेछन्। दिनेशले कमाएको रकम अनितालाई पठाउने, सो रकम मोजमस्तीमा खर्च गर्ने लगायत कारणले लामो समयदेखि नै सम्बन्धमा खटपट रहेको र प्रेमी सरोजलाई १ लाख ऋण दिएको हुँदा थप ७५ हजार दिने र दुबै जना बिबाह गरी बस्ने सर्तमा अनिताले दिनेश नेपाल आउने जानकारी पाएपछि हत्या गर्ने योजना बनाएको पाइएको एसपी थापाले बताए। उनका अनुसार ग्रेण्डर मेसिन नोवेल अस्पताल नजिकको नहरबाट र गलबन्दी अनिताको कोठाबाट बरामद भएको छ।

पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट मंगलबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको एसपी थापाले बताए। 

प्रकाशित: Feb 22, 2022| 20:34 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।