शनिबार, फागुन २३, २०८२

जर्जियाका पूर्वराष्ट्रपतिद्वारा कारागारमै अनशन सुरु

जर्जियाका पूर्व राष्ट्रपति मिखाइल साकाशभिलीले कारागारमै अनसान सुरु गरेका छन्। कारागारमै कैदी जीवन बिताइरहेका साकाशभिलीले आफूलाई पर्याप्त उपचार सेवा नदिइएको भन्दै अनशन सुरु गरेका हुन्।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

टिबिलिसी- जर्जियाका पूर्व राष्ट्रपति मिखाइल साकाशभिलीले कारागारमै अनसान सुरु गरेका छन्। कारागारमै कैदी जीवन बिताइरहेका साकाशभिलीले आफूलाई पर्याप्त उपचार सेवा नदिइएको भन्दै अनशन सुरु गरेका हुन्।

National life

'मलाई पर्याप्त औषधी उपचार नगरिएकाले पर्याप्त औषधी उपचारको माग गर्दै मैले आजदेखि अनशन सुरु गरेको छु,' टिबिलिसी अदालतमा उनले सोमबार भने।

स्वतन्त्र चिकित्सकहरूले आफूलाई पर्याप्त औषधी उपचार नपुगेको र तत्काल औषधी उपचार गर्नुपर्ने सुझाव दिएको उनको भनाई छ। जर्जियाको विपक्षी दलका नेता समेत रहेका साकाशभिलीले यसअघि गतवर्ष पनि ५० दिनसम्म अनशन गरेका थिए। 

झण्डै पचास वर्षीय शाकासभिली सन् २००४ देखि २०१३ सम्म गरेर दुई कार्यकालसम्म लगातार जर्जियाको राष्ट्रपति बनेका थिए। 

उनले सन् २०१५ को मेमा युक्रेनको नागरिकता समेत लिएकोमा दुई वर्ष अगाडि युक्रेनले उनको नागरिकता खारेज गरिएको घोषणा गरेको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 22, 2022| 04:30 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।