शनिबार, फागुन २३, २०८२

तीन देशका विदेशमन्त्री यसै हप्ता युक्रेन जाने

विभिन्‍न तीन देशका विदेश मन्त्रीहरुले यसै हप्ता युक्रेनको भ्रमण गर्ने भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन्।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

युक्रेन- विभिन्‍न तीन देशका विदेश मन्त्रीहरुले यसै हप्ता युक्रेनको भ्रमण गर्ने भएका छन्।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन्। 

National life

युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरु युक्रेन जान लागेको लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ। लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभीस्कले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुहरु युक्रेन भ्रमणमा जान लागेको पुष्टि गरेका छन्।

उनले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि सँगै जान लागेको उल्लेख गर्दै मित्र राष्ट्रहरुको दायित्वअनुसार आफूहरुले भ्रमण गर्न लागेको स्पष्ट पारे।

उनीहरुले आगामी बुधबार वा बिहीबार सुरु भइ शुक्रबारसम्म युक्रेनको भ्रमण गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ। युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको चर्चा चलिरहेका बेला उहाँहरुले युक्रेनको भ्रमण गर्न लागेका हुन्।

प्रकाशित: Feb 22, 2022| 05:00 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।