शनिबार, फागुन २३, २०८२

भारतमा २४ घण्टामा १६ हजार कोरोना संक्रमित थपिए

यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । 

National life

सोही अवधिमा संक्रमणमुक्त भएकाको सङ्ख्या भने ३७ हजार ९०१ रहेको छ। एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ। भारतमा कोरोनाका चार करोड २१ लाख २४ हजार ९८४ जना सङ्क्रमण मुक्त भएका छन्।  

 अधिकारीका अनुसार, भारतमा अहिले कोरोना भाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ।  पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ। 

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २०६ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन। यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १२ हजार १०९ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ। 

प्रकाशित: Feb 21, 2022| 21:22 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।