शनिबार, फागुन २३, २०८२

इरानमा लडाकू विमान दुर्घटना

इरानको सहरी क्षेत्र ताब्रिजमा भएको लडाकू विमान दुर्घटनामा दुई पाइलट र पार्किस्थलमा राखिएको सवारीमा बसिरहेका एक सर्वसाधारणको मृत्यु भएको अलजजिराले जनाएको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

तेहरान - इरानमा सैन्य लडाकू विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। इरानको सहरी क्षेत्र ताब्रिजमा भएको लडाकू विमान दुर्घटनामा दुई पाइलट र पार्किस्थलमा राखिएको सवारीमा बसिरहेका एक सर्वसाधारणको मृत्यु भएको अलजजिराले जनाएको छ। 

National life

स्थानीय सैन्य अधिकारी रेजा युसेफीले सरकारी सञ्‍चारमाध्यमलाई दिएको जानकारी अनुसार प्रशिक्षणका लागि प्रयोग गरिने एफ५ मोडलको विमान दुर्घटना भएको हो। 

आवासीय क्षेत्रलाई जोगाउनका लागि दुई पाइलट दिएको बलिदानीलाई रेजाले प्रशंसा गरेका छन्। आवासीय क्षेत्रबाट केही टाढा रहेको स्पोर्टस् कमलेक्समा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा पार्किङमा राखिएको कारलाई ठक्कर दिँदा उक्त कारमा सवार सर्वसाधारणको पनि मृत्यु भएको थियो। 

प्रकाशित: Feb 21, 2022| 17:50 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।