शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी पूर्व विदेशमन्त्रीले अर्को साता ताइवान भ्रमण गर्दै

अमेरिकी पूर्व विदेशमन्त्रीले अर्को साता ताइवान भ्रमण गर्दै

संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पियोले अर्को साता ताइवान भ्रमण गर्ने भएका छन्। उनले ताइवानमा राष्ट्रपति साइ इङ-वेनलाई भेट गर्ने कार्यक्रम रहेको ताइवानको विदेश मन्त्रालयले जनाएको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

ताइपेइ- संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पियोले अर्को साता ताइवान भ्रमण गर्ने भएका छन्। उनले ताइवानमा राष्ट्रपति साइ इङ-वेनलाई भेट गर्ने कार्यक्रम रहेको ताइवानको विदेश मन्त्रालयले जनाएको छ। 

National life

मार्च २ देखि ५ सम्म चार दिने भ्रमणका लागि पोम्पियो ताइवान जान लागेका हुन्। आफ्नो श्रीमतिसहित ताइवान जान लागेका पूर्व विदेशमन्त्री पोम्पियोलाई उपराष्ट्रपति लाइ चेङ-ती र विदेश मन्त्री जोसेफ वुले आयोजना गरेको बैंक्‍वेटमा सहभागी हुने भएका छन्।

ताइवानको विदेश मन्त्रालयले अमेरिकी पूर्व विदेशमन्त्रीको भ्रमणले वाशिङ्टनसँगको बलियो द्विपक्षीय सम्बन्धलाई संकेत गर्ने बताएका छन्।  

ताइवानको पोर्सपेक्ट फाउन्डेसनले मार्च ४ मा आयोजना गर्ने कार्यक्रममा पूर्व विदेशमन्त्री पोम्पियोले सम्बोधन गर्ने भएका छन्। यसअघि विदेशमन्त्री पोम्पियोले आफ्नो कार्यकालमा ताइवानलाई सैन्य उपकरणहरु उपलब्ध गराएका थिए। 

प्रकाशित: Feb 21, 2022| 23:00 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।