शनिबार, फागुन २३, २०८२

एलिजाबेथलाई कोरोना संक्रमण

९५ वर्षीया महारानीले आगामी साता निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताइएको छ। दरबारले विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथमा कोरोनाका सामान्य लक्षण रहेको र उनले घरबाटै सामान्य काम गर्ने उल्लेख गरिएको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

National life
Laxmi sunrise bank
kumari

लण्डन- बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण भएको छ। विन्ड्सर क्यासलका अनुसार महारानी एलिजावेथलाई कोरोना संक्रमण पुष्टि भएको छ। र, उनमा कोरोनाका सामान्य लक्षणहरू देखिएका छन्।

९५ वर्षीया महारानीले आगामी साता निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताइएको छ। दरबारले विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथमा कोरोनाका  सामान्य लक्षण रहेको र उनले घरबाटै सामान्य काम गर्ने  उल्लेख गरिएको छ।

बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्र्सले विन्ड्सरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड संक्रमण पुष्टि भएको समाचार बेलायती सञ्चारमाध्यममा उल्लिखित छन्।

प्रकाशित: Feb 21, 2022| 08:25 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।