शनिबार, फागुन २३, २०८२

विवाह समारोहबाट उठाएर नाबालिकामाथि सामूहिक बलात्कार

भारतमा एक अनौठो घटना घटेको छ। छत्तीसगढको जशपुर जिल्लामा एउटा विवाह समारोहमा सहभागी हुन आएकी नाबालिकालाई अपहरण गरेर पाँच जनाले बलात्कार गरेका छन्।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- भारतमा एक अनौठो घटना घटेको छ। छत्तीसगढको जशपुर जिल्लामा एउटा विवाह समारोहमा सहभागी हुन आएकी नाबालिकालाई अपहरण गरेर पाँच जनाले बलात्कार गरेका छन्। उनीहरूले जंगलमा लगेर पालैपालो बलात्कार गरेको प्रहरीले  जनाएको छ।

National life

ती नाबालिकाले भाग्ने प्रयास गर्दा आरोपितहरूले पिटेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। बालिकाले जोरले कराएको भए पनि विवाह समारोहमा बजिरहेको डिजेको आवाजले कसैले पनि उनको आवाज नसुनेको अमर उजालामा प्रकाशित समाचारमा जनाइएको छ।

राति करिब ९:३० बजे नाबालिका  विवाह समारोहबाट घर जानका लागि बाहिर निस्किँदै गर्दा त्यहाँ रहेका पाँच जनाले उनलाई अपहरण गरेर पालैपालो बलात्कार गरेका थिए। उनीहरूको पन्जाबाट फुत्किन सफल ती बालिका भाग्ने क्रममा गवासी जंगलको एक खाडलमा खसेकी थिइन्। जसले गर्दा उनको शरीरमा समेत चोट लागेको थियो।

यो घटना फेव्रुअरी १७ को हो। ती बालिका आफ्ना साथीहरूको साथमा विवाह समारोहमा सहभागी हुन आएकी थिइन्। रातभर उनका  साथीहरूले खोज्दा पनि उनलाई भेटेका थिएनन्। दोस्रो दिन मात्रै उनी नाजुक अवस्थामा घर पुगेकी थिइन्।

पीडित बालिकाले आरोपीहरू विरुद्ध पन्डरा पाठ चौकीमा उजुरी दिएकी छन्। र, जशपुर प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ। गम्भीर अवस्थामा रहेकी बालिकाको जशपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 21, 2022| 07:26 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।