मंगलबार, वैशाख १५, २०८३

अमेरिकाका लागि अफगानिस्तानका राजदूतद्वारा राजीनामा

अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको उनको भनाई छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काबुल- अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पद त्याग गरेकी छन्। 

National life

अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको उनको भनाई छ।

पछिल्लो ६ महिनामा अमेरिकामा खटाइएका अफगानिस्तानका राजदूतहरूले राजीनामा दिएका मध्ये उनी तेस्रो राजदूत थिए।

वासिङ्टनमा रहेको अफगानिस्तानको दूतावासलाई अमेरिकामा कुनैपनि राजनीतिक तथा कूटनीतिक गतिविधि गर्न नपाउने व्यवस्था अमेरिकाले गरेपछि उनले जिम्मेबारी त्यागेका थिए। 

अमेरिकाको विदेश मन्त्रालयले अफगानिस्तानको दूतावासलाई पत्र पठाउँदै दूतावासका गतिविधिहरूको विवरण माग गरेको अफगानिस्तानका कार्य बहाक राजदूत अब्दुल हादी निर्जाबीले जानकारी दिए। 

kumari

 'अफगानिस्तानको दूतावासलाई अमेरिकी विदेश मन्त्रालयले पठाएको पत्रमा राजदूतलाई घरबाट मात्रै काम गर्न र बाहिर निस्केर राजनीतिक तथा कूटनीतिक गतिविधि नगर्न भनिएको छ,' उनले भने। 

पत्रमा दूतावासका अन्य कर्मचारीहरूलाई पनि बाहिर निस्किएर कुनै गतिविधि गर्न निषेध गरिएको दूतावासका अधिकारीहरूले जनाएका छन्। 

अमेरिकी सरकारको व्यवहारले दूतावासको जिम्मेबारी लिएर केही गर्न नसकिने भएकाले आफू त्यहाँ बसिरहनुको कुनै औचित्य नभएको राजदूत राजको भनाई छ।

प्रकाशित: Feb 20, 2022| 00:00 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।