शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मेक्सिको नीतिबारे सुनुवाइ गर्न अमेरिकी सर्वोच्च अदालत सहमत

मेक्सिको नीतिबारे सुनुवाइ गर्न अमेरिकी सर्वोच्च अदालत सहमत

अमेरिकी सर्वोच्च अदालतले मेक्सिको नीतिबारे ट्रम्प–युगको अवशेषलाई खारेज गर्न बाइडेन प्रशासनको तर्क सुन्न सहमत भएको छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

वाशिङ्टन- अमेरिकी सर्वोच्च अदालतले मेक्सिको नीतिबारे ट्रम्प–युगको अवशेषलाई खारेज गर्न बाइडेन प्रशासनको तर्क सुन्न सहमत भएको छ। 

National life

अदालतले शुक्रबारको दिन मुद्दा दायर गरेको हो। 'उत्प्रेषण रिटको लागि निवेदन दिइएको छ। यो मुद्दा २०२२ एप्रिलको दोस्रो साता सुनुवाईका लागि तय गरिनेछ।'

अगस्तमा टेक्सास राज्यको अमेरिकी संघीय अदालतले मेक्सिको नीतिको अवशेषका रूपमा चिनिने प्रवासी संरक्षण प्रोटोकल (एमपीपी) पुनः सुरु गर्ने आदेश बाइडेन प्रशासनलाई दिएको थियो।

अमेरिकी सर्वोच्च अदालतले कार्यक्रम अन्त्य गर्ने वाइडेन प्रशासनको प्रारम्भिक प्रयासलाई अस्वीकार गरेपछि सो निर्णय आएको हो।

यस नीतिलाई अन्त्य गर्न आफ्नो तर्क पुनरावलोकन गर्न डिसेम्बरको अन्ततिर फेरि बाइडन प्रशासनले सर्वोच्च अदालतलाई आग्रह गरेको थियो। 

Laxmi sunrise bank
kumari

ट्रम्प प्रशासनले एमपीपी कार्यक्रम रोक्दा ६० हजारभन्दा बढी शरण खोज्ने प्रवासीहरूलाई मेक्सिको फर्काइएको थियो। मेक्सिकोको सिमानामा रहेका प्रवासी आश्रयहरू असाध्यै विचलित भए र प्रवासीहरू आफैले लुटपाटको सामना गर्नुपर्‍यो वा आपराधिक गिरोहद्वारा अपहरण गरियो। तथापि, यस नीतिले अमेरिकी दक्षिणी सिमानामा आइपुगेका प्रवासीहरूको ओइरोलाई रोकिरह्यो। 

मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा अवैध यात्रा गर्नेहरू उल्लेख्य रहेको बाइडेन प्रशासनले बताएको छ।  अमेरिकी सीमा क्षेत्र र सीमा सुरक्षाका अनुसार आर्थिक वर्ष २०२१ मा १५ लाख बढी दस्तावेज नभएका आप्रबासी नागरिक मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका गएका छन्।

प्रकाशित: Feb 19, 2022| 22:30 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।