शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने

दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने

दक्षिण कोरियाले कोभिड-१९ महामारीविरुद्ध सामाजिक दूरी सम्बन्धी नियमहरूलाई करिब तीन हप्तासम्मका लागि कम गर्ने निर्णय गरेको हो।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

सउल- संक्रमण फैलिन नदिन भनी एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य तथा सामाजिककल्याण मन्त्रालयले जनाएको छ।

National life

दक्षिण कोरियाले कोभिड-१९ महामारीविरुद्ध सामाजिक दूरी सम्बन्धी नियमहरूलाई करिब तीन हप्तासम्मका लागि कम गर्ने निर्णय गरेको हो।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ओमिक्रोन भेरिएन्ट द्रूत गतिमा फैलिएको भएपनि यो दिशानिर्देश मार्च १३ सम्म अर्थात् तीन हप्ता कायम रहनेछ। सुरूका दिनमा अन्य देशको तुलनामा कोभिड सङ्क्रमण दरलाई नियन्त्रण गर्न सफल दक्षिण कोरियामा कोभिडको ओमिक्रोन संक्रमणले स्वास्थ्य क्षेत्रलाई विशेष चुनौति सिर्जना गरेको छ। 

तुलनात्मक रुपमा कम मृत्यु र अस्पतालमा भर्ना भएका समय पनि नौ हप्ताका लागि कडा सामाजिक दूरीसम्बन्धी गत नौ हप्ताका लागि गरिएको दिशानिर्देशले साना व्यवसाय र लगानीकर्तालाई आर्थिक दबाव परेको मन्त्रालयले बताएको छ। 

नयाँ निर्देशिकाअनुसार निजी जमघटका लागि अनुमति लिएका व्यक्तिको अधिकतम सङ्ख्या देशव्यापी रूपमा छ जनाको रहेको छ। तर व्यवसायीक घन्टे कर्फ्यु भने एक घण्टा लम्बिने छ। 

Laxmi sunrise bank
kumari

रेस्टुरेन्ट, क्याफे, भित्री खेलकुद भवन र कराओकेका साथै रात्रिकालीन मनोरञ्जनका साथै बार र रात्रिकालीन मनोरञ्जन सुविधाहरू स्थानीय समयको १०: ०० बजेसम्म खोल्न अनुमति दिइनेछ।   

शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्क अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख दुई हजार २११ जनामा कोभिड पुष्टि भएको छ। यो संख्या अघिल्लो दिनको तुलनामा करिब नौ हजारले कमी हो। यससँगै अहिलेसम्म कोभिड संक्रमितको कूल संख्या १८ लाख ५८ हजारभन्दा पुगेको छ। गम्भीर अवस्थामा रहेका संक्रमितहरूको संख्या करिब ४०० रहेको छ।  सिन्ह्वा

प्रकाशित: Feb 19, 2022| 15:25 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।