बुधबार, साउन ६, २०८३

शक्तिशाली आँधीका कारण बेलायतमा तीनको मृत्यु

बेलायतमा शुक्रबार आएको शक्तिशाली आँधीका कारण तीन जनाले ज्यान गुमाएका छन्। ‘यूनिस’ नामको शक्तिशाली आँधीका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- बेलायतमा शुक्रबार आएको शक्तिशाली आँधीका कारण तीन जनाले ज्यान गुमाएका छन्। ‘यूनिस’  नामको शक्तिशाली आँधीका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ।  

बीबीसीका अनुसार ज्यान गुमाउनेमा ३० वर्षीया महिला, २० वर्षीय र ५० वर्षीय पुरुष रहेका छन्। १ सय २५ माइल प्रतिघण्टाको वेगमा शक्तिशाली आँधी आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा उल्लेख छ।

आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौं क्षेत्र प्रभावित भएका छन्। आँधीका कारण सयौंको सङ्ख्यामा उडानहरू तथा रेल सेवाहरू रद्द भएका छन्।

पूर्वी लण्डनस्थित विश्वप्रशिद्ध ओटु एरीना भवनको छाना हावाले क्षतविक्षत बनाइदिएको छ। तीव्र गतिमा बहेको हावाका कारण कतिपय स्थानमा रुख र बिजुलीका खम्बाहरू ढलेका, सडकमा लरी पल्टिएका छन्। 

सरकारले अति आवश्यक परेको खण्डमाबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ। यसका साथै अनावश्यक यात्राहरूलाई कटौती गर्न पनि अपिल गरिएको छ।

प्रकाशित: Feb 19, 2022| 08:55 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।