शनिबार, फागुन २३, २०८२

भारतमा बम विस्फोट गराएका ३८ जनालाई मृत्युदण्डको फैसला

भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्यु दण्डको फैसला गरिएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

अहमदाबाद- भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्यु दण्डको फैसला गरिएको छ।  

National life

गुजरातको विषेश अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रबार मृत्युदण्डको फैसला सुनाएको हो। 

टनामा दोषी दावी गरिएको ४९ जनालाई जेलमा राखिएकोमा ३८ जनालाई मात्रै मृत्युदण्डको फैसला सुनाइएको अधिकारीहरूले जनाएका छन्। 

उनीहरूका अनुसार श्रीङ्खलाबद्ध बम विस्फोटनको घटनामा संलग्न बाँकी ११ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ।

घटनामा दोषी ठहरिएका सबैले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने विकल्प भने अझै पनि बाँकी नै छ।

Laxmi sunrise bank
kumari

अहमदाबाद बमकाण्डमा ७८ जनाविरुद्ध मुद्दा चलाइएकोमा २८ जनालाई भने अदालतले सफाइ दिएको छ।

उनीहरूले सन् २००८ को जुलाई २६ मा ७० मिनेटको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात, अस्पताल लगायतका क्षेत्रमा २१ बम विस्फोट गराएका थिए। 

ती विस्फोटनको घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए। त्यतिबेला विस्फोट नभएका थुप्रै बमहरू पनि फेला पारिएको प्रहरीले जनाएको थियो।

घटनाको जिम्मेवारी भारतले आतङ्कवादी घोषणा गरेको इस्लामिक समूह, हर्कत–उल– जिहाद–अल इस्लामीले लिएको थियो।पुनेस्थित एउटा जर्मन बेकरीमा १७ जनाको ज्यान जानेगरी गराइएको विस्फोटपश्चात् सन् २०१० पछि भारत सरकारले उक्त समूहलाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो। 

प्रकाशित: Feb 18, 2022| 19:16 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।