शनिबार, फागुन २३, २०८२

भारतमा करिब २६ हजार कोरोनाका नयाँ संक्रमित

यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म चार करोड २७ लाख ८० हजार ३१५ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

National life
Laxmi sunrise bank
kumari

नयाँ दल्ली- भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ९२० जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म चार करोड २७ लाख ८० हजार ३१५ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। 

सोही अवधिमा संक्रमणमुक्त भएकाको संख्या भने ६६ हजार २५४ रहेको छ। एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमितको सख्या घट्दै गएको छ। भारतमा कोरोनाका चार करोड १९ लाख ७७ हजार २३८ जना संक्रमण मुक्त भएका छन्।  

अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय संक्रमितको संख्या दुई लाख ९२ हजार ९२ रहेको छ। कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ४९२ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन। यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म पाँच लाख १० हजार ९०५ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ।   सिन्ह्वा

प्रकाशित: Feb 18, 2022| 14:34 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।