बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कुवेतका दुई उपप्रधान तथा रक्षा र गृहमन्त्रीद्वारा राजीनामा

कुवेतका दुई उपप्रधान तथा रक्षा र गृहमन्त्रीद्वारा राजीनामा

रक्षा मन्त्री शेख हमद जाबेर अल अलि अल सबाह र गृह मन्त्री शेख अहमद मन्सुर अल अहमद अल सबाहले राजीनामा दिएका हुन्। उनीहरू दुवै जना उपप्रधानमन्त्री पनि थिए।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

कुवेत- कुवेतका दुई उपप्रधान तथा रक्षा र गृह मन्त्रीले राजीनामा दिएका छन्। 

दुवै जनाको राजीनामा कुवेतका राजाले स्वीकृत पनि गरिसक्नु भएको सरकारले बिहीबार जनाएको छ। 

रक्षा मन्त्री शेख हमद जाबेर अल अलि अल सबाह र गृह मन्त्री शेख अहमद मन्सुर अल अहमद अल सबाहले राजीनामा दिएका हुन्। उनीहरू दुवै जना उपप्रधानमन्त्री पनि थिए। 

राजदरबारबाट जारी वक्तव्यमा दुवैको राजीनामा स्वीकृत गर्दै उहाँहरूको जिम्मेबारी तत्कालका लागि अन्य दुई मन्त्रीलाई दिइएको उल्लेख गरिएको छ। 

उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेबारी विदेश राज्य मन्त्री शेख अहमद नासिर मोहम्मद अल सबाहलाई थप गरिएको छ भने तेल, जल तथा विद्युत् र ऊर्जा मन्त्री मोहम्मद अल फारिसलाई कार्यवाहक गृह मन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रकाशित: Feb 18, 2022| 04:30 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।