नयाँ दिल्ली- भारतका विदेशमन्त्री एस जयशंकरले जर्मनी र फ्रान्सको औपचारिक भ्रमण गर्ने भएका छन्। उनले यही फेब्रअरी १८ देखि २३ सम्म दुवै देशको भ्रमण गर्ने तय भएको भारतको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ।
'विदेश मन्त्री जयशंकरले जर्मनी र फ्रान्सको भ्रमण गर्ने तय भएको छ,' मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले नियमित साप्ताहिक पत्रकार सम्मेलनमा भने।
भ्रमणका क्रममा उनी विभिन्न कार्यक्रम तथा सम्मेलनमा सहभागी हुनुका साथै उच्चस्तरीय भेटवार्तासमेत गर्ने तय भएको छ।
विदेश मन्त्रालयका अनुसार उहाँले सो अवसरमा दुई पक्षीय हित, आपसी सम्वन्ध, सहकार्य र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सरोकारका विषयमा पनि छलफल गर्ने भएका छन्।