बुधबार, साउन ६, २०८३

ब्राजिलमा बाढी, ९४ जनाको मृत्यु

विपद्का कारण ५४ घर ध्वस्त भएका छन्। त्यसैगरी जी-१ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने ३५ जना अझै हराइरहेको उल्लेख गरेको छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

रियो द जेनेरियो- भारी वर्षा र पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ। स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै करिब ८० जनाको ज्यान गएको जनाएको छ।

विपद्का कारण ५४ घर ध्वस्त भएका छन्। त्यसैगरी जी-१ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने ३५ जना अझै हराइरहेको उल्लेख गरेको छ।

ब्राजिलमा मंगलबार भारी वर्षाका कारण पहिरो र बाढी आएको थियो। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्ना मन्त्रीहरूलाई पेट्रोपोलिसमा बाढी पीडितहरूलाई सहयोग गर्न निर्देशन दिएका छन्।  एएनआई

प्रकाशित: Feb 17, 2022| 12:16 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।