शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नेपालका लागि पूर्वबेलायती राजदूत मोरिसले आत्महत्या गरेको निष्कर्ष

नेपालका लागि पूर्वबेलायती राजदूत मोरिसले आत्महत्या गरेको निष्कर्ष

नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसले आत्महत्या गरेको निष्कर्ष निकालिएको छ। कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका मोरिसले ‘गम्भीर तनाव’ का कारण आत्महत्या गरेको अदालती न्यायिक अनुसन्धानले देखाएको बीबीसीले जनाएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

लन्डन- नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसले आत्महत्या गरेको निष्कर्ष निकालिएको छ। कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका मोरिसले ‘गम्भीर तनाव’ का कारण आत्महत्या गरेको अदालती न्यायिक अनुसन्धानले देखाएको बीबीसीले जनाएको छ। 

National life

रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसीअरस्थित आफ्नै घरनजिकै अगस्ट २०२० मा फेला परेको थियो। मोरिस, ५२, उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिएका थिए। 

उनले दैनिक लामो समयसम्म काम गर्नुपरेको र बेलायतले कोरोना भाइरसको महामारीको शक्तिशाली पहिलो लहरको सामना गरिरहँदा उनले मन्त्रीहरूलाई दिने बिफ्रिङ्गको समन्वय गर्नु परिरहेको उक्त सुनुवाइलाई जानकारी गराइएको थिए।

उक्त सुनुवाइको अध्यक्षता गरिरहेका कोरोनरले मोरिसले बेलायतको विदेश मन्त्रालयमा काम गर्दा तनाव बेहोरेपछि भविष्यका चिन्ताका माझ आफ्नो ज्यान आफैँ लिएको ठहर गरेका बीबीसीले जनाएको छ।

वरिष्ठ कोरोनर क्रिश्टोफर विल्किन्सनले भने, 'रिचर्ड मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आफ्नो ज्यान आफैँ लिए।'

Laxmi sunrise bank
kumari

'रिचर्डले वृहत् कार्यदल र एफसीडीओले एकदमै द्रुत रफ्तारमा फैलिरहेको महामारीको अप्ठेरो परिस्थितिमा काम गरिरहेको म बुझ्‍न सक्छु।'

उनका सहकर्मीहरूले उनी साँच्चै नै मानिसहरूमा रुचि राख्‍ने र भाषाको अवरोध हुँदासमेत उनमा दया र करुणा प्रस्ट झल्कने गरेको बताएका छन्। 

प्रकाशित: Feb 16, 2022| 21:30 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।