शनिबार, फागुन २३, २०८२

सोमालियाका ५० प्रतिशत बालबालिकामा कुपोषणको समस्या

गम्भीर खडेरीका कारण पाँच वर्षमुनिका झण्डै आधा सोमालियाली बालबालिकालाई खाद्यान्न अभावका कारण पोषण तत्व कम हुँदा यो बर्ष उनीहरू कुपोषणका कारण प्रभावित बन्ने खतरा देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

सोमालिया- गम्भीर खडेरीका कारण पाँच वर्षमुनिका झण्डै आधा सोमालियाली बालबालिकालाई खाद्यान्न अभावका कारण पोषण तत्व कम हुँदा यो बर्ष उनीहरू कुपोषणका कारण प्रभावित बन्ने खतरा देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। 

National life

लाखौँ बालबालिकाको ज्यान बचाउनका लागि उपचार आवश्यक रहेको भन्दै संयुक्त राष्ट्रसंघले तत्काल कदम चाल्न आह्वान गरेको हो। 

संयुक्त राष्ट्र बालकोष (युनिसेफ)को सोमालिया परिचालनका लागि सञ्चार प्रमुख भिक्टर चिन्यामाले भने, 'सोमालियामा कुपोषण संकटस्तरमा पुगेको छ।'

उनले जेनेभामासंवाददाताहरूलाई भिडियो–लिंकमार्फत् भने, 'यदि विश्व समुदायले परिस्थिति बिग्रनुअघि वा अनिकाल घोषणा नगरेसम्म पर्खनुभयो भने धेरै ढिलो हुन सक्छ।'

दशकौंदेखि सोमालियाको ‘हर्न अफ अफ्रिका’ क्षेत्रले सबैभन्दा लामो खडेरीसँग जुधिरहेको हुनाले यो क्षेत्रलाई सोमालियाको सबैभन्दा बढी प्रभावित स्थान मानिएको छ। संयुक्त राष्ट्रसंघका अनुसार सोमालियाली जनसंख्याको एक चौथाइ अर्थात् ४१ लाख नागरिकहरू अहिले नै खाद्य सहायताको भरमा रहेका छन्। 

Laxmi sunrise bank
kumari

भोकमरीको संकटमा बालबालिकाले सबैभन्दा बढी मूल्य चुकाइरहेका छन्। तीमध्ये १४ लाख अर्थात् पाँच वर्षमुनिका सन्ततिहरूमध्ये झन्डै आधाले वर्षको अन्तसम्ममा तीव्र कुपोषणबाट पीडित हुने खतरा देखिएको चिन्यामाले बताए। 

उनले भने, 'यीमध्ये तीन लाख ३० हजारभन्दा बढी बालबालिकालाई गम्भीर कुपोषणको कारण उपचारको खाँचो पर्नेछ।'

ती बालबालिकाको उपचारका लागि आवश्यक पर्ने उपचारात्मक खानेकुरा खरिद गर्न मार्चसम्ममा तत्काल ७० लाख अमेरिकी डलर आवश्यक पर्ने युनिसेफले अनुमान गरेको उनले बताए। थप सामग्री विना ‘गम्भीर कुपोषण भएका एक लाख केटाकेटीले उपचार गुमाउनेछन् जसका कारण उनीहरूको मृत्यु टार्न कठीन हुनेछ।



प्रकाशित: Feb 16, 2022| 00:00 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।