शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनले विद्यालयको अत्यधिक गृहकार्यको बोझलाई थप सम्बोधन गर्ने

चीनले विद्यालयको अत्यधिक गृहकार्यको बोझलाई थप सम्बोधन गर्ने

चीनको शिक्षा मन्त्रालयले मङ्गलबार प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि अत्यधिक गृहकार्य दिने अर्थात् शैक्षिक संस्थाभन्दा घरमा अध्ययनको बोझ हुने व्यवस्थालाई कम गर्ने भएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

बेइजिङ- चीनको शिक्षा मन्त्रालयले मङ्गलबार प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि अत्यधिक गृहकार्य दिने अर्थात् शैक्षिक संस्थाभन्दा घरमा अध्ययनको बोझ हुने व्यवस्थालाई कम गर्ने भएको छ।

National life

मन्त्रालयका अनुसार अधिकारीहरूले अहिले ‘दोहोरो कटौती’ नीति कार्यान्वयनमा लान काम गरिरहेको र परम्परागत शैक्षणिक विधिका कारण छिट्टै विद्यार्थीमाथि पर्ने भारलाई थप कम गराउने बताएका छन्। 

मन्त्रालयले यस नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न अझ उपयुक्त गृहकार्य, कक्षाको अध्यापनको उच्च स्तर र विद्यालयपछिको सेवाहरूको उच्च गुणस्तरको माग गरेको थियो।

विद्यालयपछिको सेवा भनेको विद्यालय सिद्धिएपछि वा शारीरिक व्यायाम, कला, साहित्य र विद्यालयपछि गरिने अन्य क्रियाकलापमा भाग लिन विद्यालय सिद्धिएपछि आमाबाबुले समयमै लिन नसक्ने विद्यार्थीहरूका लागि हो।

विद्यार्थीहरूले विगतमा विद्यालयको गृहकार्य गर्न कम समय बिताएका र देशभरिका ९२ प्रतिशत भन्दा बढी विद्यार्थीहरूले स्वेच्छाले विद्यालयपछिको अध्ययन तथा गतिविधिमा भाग लिएका मङ्गलबार मन्त्रालयद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका लु युग्याङले बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 16, 2022| 04:30 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।