बुधबार, चैत १५, २०७९

नेपालका पार्टी : विद्रोहमा अगाडि, निर्माणमा कमजोर

कुनै पनि दलले वा समूहले राज्यका विरुद्ध संघर्ष गर्दा आफ्नो तर्फबाट सकेको विद्रोह गर्न सक्छन्। तर धेरै पार्टी भए भने पनि गाह्रो हुने रहेछ।
 |  सोमबार, फागुन २, २०७८

शंकर पोखरेल

शंकर पोखरेल

सोमबार, फागुन २, २०७८

नेपालका राजनीतिक दलहरू विद्रोहमा अगाडि भए तर निर्माणको सवालमा कमजोर देखिएका छन्। राजनीतिमा माथि आउन उनीहरू सुरुमा ज्यादा विद्रोही र अधिकारमुखी भए तर संस्थागत भएपछि प्रगतिमुखी हुन सकेनन्। 

National life insurance

अब हामीले यो पाटोलाई ध्यान दिँदै हाम्रो संसदीय राजनीतिको समस्या के हो त्यो बुझ्नुपर्छ। दलले सही बाटो लिन नसक्दा संसदीय प्रणाली वा लोकतान्त्रिक अधिकारहरू संकटमा पर्ने गरेको छ। लोकतन्त्रको आधारभूत मान्यताहरू के हो त्यो पनि स्पष्ट भएको छैन। घरि जनताले चाहे भने जे पनि गर्न सक्छन् भनेको छ। घरि जनताको प्रतिनिधि भएकाले प्रतिनिधि सभाबाट मात्र सबै कुरा हुन्छ भनेको छ। हामी दलहरू एउटा समयमा जनता मात्र ठूलो भन्छौं। तर जब 'सिस्टम'तर्फ आउँछौं तब संसद ठूलो भन्छौं। संसद र संविधानमाथि हामीमा दुईथरि मान्यता छ। 

२०७७ मा नेकपाभित्र विवाद चुलिएपछि संसद विघटन गर्दा ‘प्रतिगमन’ भयो भनियो। हिजो २०४८ सालमा नेपाली कांग्रेसले पार्टीभत्र विवाद हुँदा संसद विघटन गरी मध्यावधि चुनाव गर्‍यो। त्यसलाई हाम्रो संविधानवादले स्वभाविक रुपमा स्वीकार गर्‍यो। तर केपी ओलीको समयमा त्यस्तै समस्या भएर संसद भंग गरी जनतामा जान चाहँदा हामीलाई अनेकौं आरोप लाग्यो। यहीँबाट हाम्रो ‘डबल स्टान्डर्ड’ पुष्टि हुन्छ। यही कारणले हाम्रो संसदीय अभ्यासलाई अरुको नजरमा पनि विश्वसनीय बनाउन सकिएको छैन। दोहोरो मापदण्ड हुनु हुँदैन, तर भएको छ। 

पछिल्लो समय नेपालको राजनीतिभित्र जनतामा जाने कुरा प्रतिगमन हो भनेर नयाँ भाष्य खडा गरियो। हिजो २०६२/६३ मा नखोसिने लोकतन्त्रको कुरा गरेका थियौं। त्यो भनेको स्थानीय तह र प्रदेशको म्याद नसकिँदै आवधिक निर्वाचन गर्ने भनेको हो। यी तह एकदिन पनि जनप्रतिनिधिविहीन नराख्ने भनेको हो। 

कुनै पनि दलले वा समूहले राज्यका विरुद्ध संघर्ष गर्दा आफ्नो तर्फबाट सकेको विद्रोह गर्न सक्छन्। तर धेरै पार्टी भए भने पनि गाह्रो हुने रहेछ।

आज ठीक समयमा निर्वाचन गर्ने कुरालाई अपव्याख्या गर्दै निर्वाचन सार्ने प्रयास पनि भए। नगरसभा र गाउँसभा गठन हुने समय भएकाले स्थानीय निर्वाचन ६ महिना पछाडि सार्न सकिन्छ भन्दै संविधानलाई अपव्याख्या गरियो। यस्ता कुराले संसदीय अभ्यास र यसको महत्त्वलाई असर गर्‍यो।

worldlink

कुनै पनि दलले वा समूहले राज्यका विरुद्ध संघर्ष गर्दा आफ्नो तर्फबाट सकेको विद्रोह गर्न सक्छन्। तर धेरै पार्टी भए भने पनि गाह्रो हुने रहेछ। निर्माणको काम राजनीतिक दल धेरै हुँदा नयाँ–नयाँ स्वार्थ समूह तयार गर्न अरुलाई सजिलो हुने रहेछ। विकसित मुलुकको हेर्दा त्यहाँ दुई वटा मात्र राजनीतिक दल मुख्य प्रतिस्पर्धामा हुन्छन्। तिनै दलबीच चुनावी प्रतिस्पर्धा उच्च हुन्छ। उनीहरूले राष्ट्रको सवाल आउँदा सधैं राष्ट्रिय स्वार्थमा ध्यान दिन्छन्।

दलभन्दा राष्ट्रिय स्वार्थ ठूलो 

नेपालमा धेरै पार्टी छन् जसले राष्ट्रिय स्वार्थमा नभई आफ्नो स्वार्थमा काम गर्ने गरेका छन्। कमजोर पार्टीहरू पनि बेलाबेला महत्त्वपूर्ण भूमिकामा रहन्छन्। यदि थौरै दलबीच प्रतिस्पर्धा भई संसदीय मर्यादा कायम भयो भने अन्तरराष्ट्रिय सम्बन्ध पनि बलियो हुन्छ। 

भर्खरकै घटना हेरौं, नेकपा विभाजनपछि साना दलहरू पनि निर्णायक बने। उनीहरूले संसदमा खेल्ने ठाउँ पाए। बाहिरी मानिसले राष्ट्रमा कसरी खेल्छन् र त्यसले राष्ट्रलाई कसरी अस्थिरतातर्फ लान्छ भन्ने  प्रश्नको जवाफ यहीँबाट थाहा हुन्छ। 

परराष्ट्र मामिलाको कुरा गर्दा र राज्यले कुनै देशसँग सम्बन्ध गाँस्दा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्छ। हाम्रो देशसँग उसले गर्ने व्यवहार ठूलो हो न कि कुनै दलको सरकारसँग। हाम्रो राष्ट्रिय हितमा उनीहरुले कसरी काम गर्छन् त्यो ठूलो कुरा हो। नेपालले राष्ट्रिय हित प्राथमिकतामा राख्दै आएको छ। तर अर्कोतर्फ हामी संवेदशील भूराजनीतिमा छौं। छिमेकसँगको सम्बन्ध सन्तुलित राख्न सकेनौं भने हामी नै संकटमा पर्छौं। 

यसैले हामीले ती राष्ट्रसँग सम्बन्ध राख्नुपर्छ जसले हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राख्छ। किनभने अन्तरराष्ट्रिय सम्बन्ध जति फराकिलो हुन्छ छिमेकीले हेर्ने दृष्टि पनि बलियो हुन्छ। जतिबेला हामी अन्तरराष्ट्रिय सम्बन्धमा बलियो बन्छौं, नजिकका छिमेकसँग पनि सम्बन्ध बलियो हुन्छ।

(‘ज्ञान–गोष्ठी’ले आयोजना गरेको ‘संसदीय अभ्यास र बाह्य सम्बन्ध’ विषयक बहसमा  नेकपा एमालेका महासचिव पोखेरलले व्यक्त गरेको विचार)


प्रकाशित: Feb 14, 2022| 07:02. 39 सोमबार, फागुन २, २०७८

थप समाचार

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...

कम्युनिष्ट आन्दोलनमा युवाको बाटो

विषेशगरी कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक र सैद्धान्तिक व्याख्या भन्दा पनि अब नेपाली युवाहरूले कम्युनिष्ट आन्दोलनमा खेल्नुपर्ने भूमिका र यस आन्दोलनलाई युवाहरूले कसरी जनउपयोगी बनाउने भन्ने...

गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षबीच भिन्नता पुष्टि गर्नु छ रामचन्द्रलाई

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

राजनीतिक परिदृश्य, चुलिंदो ध्रुवीकरण र क्रमभंगता

लामो समय सामन्ती युगबाट गुज्रिएको नेपालको राजनीतिक विकासक्रम स्वाभाविक रेखामा अगाडि बढ्न सकेको देखिँदैन। सामन्तवादको प्रतिनिधित्व सामन्ती राजतन्त्रले गर्छ। सिद्धान्ततः सामन्तवाद भन्दा पुँजीवादलाई केही हदसम्म...