काठमाडौं- काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ।
उनका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए।
उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो। शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो।