इस्लामावाद- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्। उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताउनुभएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ।
प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि ६ तारिखसम्म चीनको भ्रमण गरेका थिए। सो भ्रमणका क्रममा आफूले चीनसँग विभिन्न आर्थिक मुद्दामा कुराकानी गरेको पनि बताएका थिए। प्रधानमन्त्री खानले सो भ्रमणबाट पाकिस्तानमा चिनियाँ लगानीका क्षेत्रमा ढोका खुलेको जानकारी पनि उहाँले त्यस अवसरमा दिनुभएको समाचारमा जनाइएको छ।
उनी बेइजिङ ओलम्पिकको उद्घाटनका क्रममा पनि सहभागी भएका थिए। त्यस भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए।