मंगलबार, वैशाख १५, २०८३

भालिभाको निर्णयबाट अमेरिका ‘निराश’, रुसद्वारा स्वागत

'यस निर्णयले पठाएको सन्देशबाट हामी निराश छौं,' यूएसओपीसीका सीईओ सारा हिर्शल्याण्डले भने, 'यो रूसद्वारा चालिएको स्वच्छ खेलको लागि प्रणालीगत र व्यापक उपेक्षाको अर्को अध्याय जस्तो देखिन्छ।'
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

वाशिङ्टन- अमेरिकी ओलम्पिक समितिले  चर्चित स्केटर कमिला भलिभालाई बेइजिङ ओलम्पिकमा पुन: प्रतिस्पर्धा गर्न अनुमति दिने खेलकुदको मध्यस्थता अदालतको निर्णयबाट 'निराश' भएको बताएको छ।

National life

'यस निर्णयले पठाएको सन्देशबाट हामी निराश छौं,' यूएसओपीसीका सीईओ सारा हिर्शल्याण्डले भने, 'यो रूसद्वारा  चालिएको स्वच्छ खेलको लागि प्रणालीगत र व्यापक उपेक्षाको अर्को अध्याय जस्तो देखिन्छ।'

रुसको भने ओलम्पिक समितिले सोमबार फिगर स्केटर कमिला भलिभालाई डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जारी राख्‍न अनुमति दिएको घोषणाको स्वागत गरेको छ।

'भोलि सम्पूर्ण देशले व्यक्तिगत प्रतिस्पर्धामा उहाँलाई र हाम्रा सबै अद्भुत महिला स्केटरहरूलाई समर्थन गर्नेछ,' समितिले टेलिग्राममा  उल्लेख गर्दै यसलाई 'दिनको सबैभन्दा राम्रो समाचार' को रूपमा टिप्पणी गरेको छ।

यसअघि चर्चित रुसी किशोर फिगर स्केटिङ कमिला भलिभालाई सोमबार खेलकुदको मध्यस्थता अदालतले डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको हो।

kumari

सीएएसले अन्तर्राष्ट्रिय ओलम्पिक समिति, विश्व एन्टी डोपिङ एजेन्सी र अन्तर्राष्ट्रिय स्केटिङ युनियनले उनको निलम्बन पुनर्स्थापित गर्न गरेको अपील अस्वीकार गरेको बताएको छ।

प्रकाशित: Feb 14, 2022| 23:20 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।