मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • बेइजिङमा भारी हिम वर्षा, ओलम्पिकमा आएका पाहुनाहरू चिसोले प्रभावित

बेइजिङमा भारी हिम वर्षा, ओलम्पिकमा आएका पाहुनाहरू चिसोले प्रभावित

बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिम बर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चीसोको सामना गर्नुपरेको छ।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

बेइजिङ- बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिम बर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चीसोको सामना गर्नुपरेको छ। 

National life

बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङमा आइतबार १२:५५ देखि भारी हिमपात हुनसक्ने र सहरमा औसत ४ मिलिमिटरभन्दा बढी हिमपात हुने जानकारी दिएको थियो। बाटोमा धेरै हिमपात भएको कारण यातायात सेवा समेत प्रभावित बनेको छ। 

बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका स्वदेशी तथा विदेशी खेलाडी आइतबारबिहान सबेरै भारी हिउँको बर्षासँगै ब्युझिए भने हिमबर्षा हुनसक्ने पूर्वानुमान केही घण्टाअघि जारी गरिएको ‘ब्लु अलर्ट’ बाट ‘ऐलो अलर्ट’ मा पुगेको छ। 

सोमबार ५:०० बजेसम्म उत्तर र पश्चिमका कतिपय क्षेत्रमा नै ६ देखि १० मिलिमिटर बढी हिउँ जम्मा हुने अनुमान गरिएको छ। तर सोमबार ३:०० बजेदेखि भने हिमपात बिस्तारै कम हुँदै जाने बेइजिङ नगरीय मौसम पूर्वानुमान शाखाका प्रमुख अधिकारी झाङ यिङक्सिनले बताए।    

सोमबार दिनभर जसो शहरका केही स्थानमा तापक्रम –२ डिग्रीसम्म रहनेछ जबकि बेलुकाको तापक्रम –६ डिग्री सेल्सियससम्म हुनसक्ने पूर्वानुमान शाखाद्वारा अनुमान गरिएको छ। 

kumari

हिउँको प्रभावका कारण आइतबार र सोमबार केही क्षेत्रमा एक किलोमिटरभन्दा कम दृश्यावरोध हुनसक्ने भन्दै सडकमा यातायात सञ्चालन गर्दा सावधानी अपनाउन भनिएको छ। 

विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको लागी आएका पाहुना तथा आयोजकको सहजीकरणका लागि शहरभरि हिउँ सफा गर्ने काम सुरु गरिएको छ।

भारी हिमपातको कारण भएको कडा दृश्यावरोधले शीतकालीन ओलम्पिकका केही खेलहरू स्थगित गरिएको छ।

प्रकाशित: Feb 14, 2022| 00:00 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।