आइतबार, फागुन २४, २०८२

भारतमा थपिने कोरोना संक्रमितको संख्या ५० हजारमा झर्‍यो

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या पचास हजारमा झरेको छ। भारतमा दुई साताअघि दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिने गरेका भए पनि पछिल्लो २४ घण्टामा भने यो संख्या ५० हजारमा झरेको हो।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

नयाँ दिल्ली - भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या पचास हजारमा झरेको छ। भारतमा दुई साताअघि दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिने गरेका भए पनि पछिल्लो २४ घण्टामा भने यो संख्या ५० हजारमा झरेको हो। 

National life

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा ५० हजार ४०७ सङ्क्रमित थपिएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि दिनप्रति दिन घट्दै गइरहेको देखाएको छ।

मन्त्रालयका अनुसार भारतमा अहिले छ लाख १० हजार ४४३ सङ्क्रमित अवस्थामै छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो।

भारतमा पछिल्लो एक दिनमा एक लाख ३६ हजार ९६२ लाई कोरोनाभाइरसको सङ्क्रमण निको भएको छ। अधिकारीका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड १४ लाख ६८ हजार १२० पुगेको छ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ८०४ को मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख सात हजार ९८१ छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 12, 2022| 23:20 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।